Logo

Oct 29 2026

Oct 29 2026 | २०८३ कार्तिक १३ गते

images

जिभीको बबाल दशैं अफर सुरू, सबै सामान ९९ रुपैयाँमा

जिभीको बबाल दशैं अफर सुरू, सबै सामान ९९ रुपैयाँमा

आर्थिक पत्र
मंगलवार, भाद्र २८ २०७९
  • काठमाडौं ।अनलाइन बजार जिभीले 'बब्बाल  दशैं  सेल' अफर ल्याएको छ। यस अफर अन्तर्गत ग्राहकले सपिङ गर्दा बचतै बचत गर्न सक्ने बताइएको छ। यो अफर भदौ २७ गतेदेखि आसेज १३ गतेसम्म लागु हुने कम्पनीले बताएको छ।

    images

    यस अभियान अन्तर्गत सबै सामान ९९ रुपैयाँ, ८० प्रतिशतसम्म छुट, सप्ताहन्त सम्झौता, शनिबार कुपन, फ्रिबज, एक किन्दा अर्को फ्रि, एक रुपैयाँ खेल, गिभवे अलर्ट जस्ता अफर समावेश गरिएको छ।

    यसमध्ये सबै सामान ९९ रुपैयाँ मा सबैभन्दा लोकप्रिय अफर रहेको कम्पनीले बताएको छ। जसमा ग्राहकले घरमै बसेर एक सय भन्दा बढी ब्राण्ड र एक हजारभन्दा बढी उत्पादन अर्डर गर्न सक्नेछन्।

    सबै ९९ मा अफर अन्तर्गत ग्राहकले स्वास्थ्य, बच्चा र सौन्दर्य सम्बन्धी सम्पूर्ण  समानहरू ९९ रुपैयाँमा पाउनेछन्। 

    ८० प्रतिशतसम्म छुट अन्तर्गत जभीमा सामान किन्दा ग्राहकले ८० प्रतिशतसम्मको छुट पाउनेछन्। 

    त्यस्तै, एक रुपैयाँ खेल सबैभन्दा रमाइलो अफर रहेको छ जुन हरेक सातामा हुनेछ। यसमा भाग्यमानी विजेताले पाँच हजार रुपैयाँदेखि १५ हजार रुपैयाँसम्मको उपहार हरू जित्न सक्नेछन्। 

    एउटा सामान किन्दा अर्को फ्रि अफर अन्तर्गत बच्चा, सौन्दर्य र स्वास्थ्य उत्पादन किन्दा एउटा सामान किन्दा अर्को फ्रि पाइने कम्पनीले बताएको छ।

    समग्रमा जिभीको यो दशैं अभियान ७९  लाखको छुट अफर हो। यस सम्बन्धी जानकारीको लागि बेवसाइट मा लगइन गर्न कम्पनीले अनुरोध गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार