Logo

Oct 29 2026

Oct 29 2026 | २०८३ कार्तिक १३ गते

images

सोनामले सार्वजनिक गर्‍यो दशैं लक्षित छुट योजना

सोनामले सार्वजनिक गर्‍यो दशैं लक्षित छुट योजना

आर्थिक पत्र
बुधवार, भाद्र २९ २०७९
  • काठमाडौं । सोनामले 'यस पालिको चाड, सोनामको साथ' नामक छुट योजना सार्वजनिक गरेको छ । 

    images

    कम्पनीले भदौ २५ गतेदेखि असोज १४ गतेसम्म लागु हुने गरी उक्त योजना सार्वजनिक गरेको हो। 

    यस योजनाअन्तर्गत कम्पनीले आफ्ना विभिन्न उत्पादनमा ७० प्रतिशतसम्म विशेष छुट दिने घोषणा गरेको छ। 

    विशेष छुट सोनामका सबै आउटलेटमा लागु गरिएको बताइएको छ। 

    सोनाम ब्रान्डमा महिला, बालबालिका र पुरुषका ज्याकेट, ट्राउजर, सर्ट, पाइन्ट, पञ्जा, जिम भेस्ट, स्वेटर, कोट, ट्रेकिङ जाँदा लगाउने पोसाक, टेन्ट, ब्यागलगायत उत्पादन छन्। 

    ठमेलको क्वाबहाल, ललितपुरको जावलाखेल र कुमारीपाटी, कमलपोखरीको सिटी सेन्टर, टुसाल, चाबहिलको केएल टावर, सुन्धाराको सिभिल मल, बालाजुको बिजी मल, जडिबुटीको जडिबुटी चोक, चितवनको सिजी ल्यान्डमार्क, सुनसरीको धरान पुतली लाइन, नाम्चे, पोखराको लेकसाइड र न्युरोडमा सोनामका सोरुम छन्। 

    साथै बुटवलमा दशैंभन्दा अघि सोनमको सोरुम खुल्ने बताइएको छ। 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार