Logo

Oct 29 2026

Oct 29 2026 | २०८३ कार्तिक १३ गते

images

लाभा ब्राण्डका मोबाइल बेच्ने कम्पनीले गर्यो १ अर्ब ३३ करोडको व्यापार

लाभा ब्राण्डका मोबाइल बेच्ने कम्पनीले गर्यो १ अर्ब ३३ करोडको व्यापार

आर्थिक पत्र
बुधवार, भाद्र २९ २०७९
  • काठमाडौं । नेपालका लागि लाभा ब्रान्डको मोबाइल फोनको आधिकारिक विक्रेता अम्बे मोबाइल प्रालिले गत वर्ष सवा १ अर्ब बढीको व्यापार गरेको छ । कम्पनीले सन् २०२१ मा १ अर्ब ३३ करोड ८० लाख (अपरिष्कृत) रुपैयाँको व्यापार गरेको हो ।

    images

    कम्पनीले सन् २०२१ मा १ अर्ब ६ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै, सन् २०२० मा ७३ करोड २० लाख रुपैयाँ, सन् २०१९ मा १ अर्ब ५ करोड ८० लाख रुपैयाँ र सन् २०१८ मा १ अर्ब ८ करोड ९० लाख रुपैयाँको व्यापार गरेको छ ।

    सन् २०१५ मा दर्ता भई मोबाइलफोनको व्यापार गर्दै आएको कम्पनी अम्बे ग्रुपद्वारा सञ्चालित कम्पनी हो । शोभाकार न्यौपानेको पूर्णस्वामित्व रहेको कम्पनीले विभिन्न देशबाट मोबाइलफोन आयात गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ ।

    कम्पनीको देशभर ४७ वटा खुद्रा पसल र सर्भिस सेन्टर छन् ।

    पछिल्लो समय बजारमा फिचर फोनको मार्केट विस्तरै घट्दै गएको छ । अहिले फिचर फोनको सट्टा स्मार्ट फोनमा बढ्दो आकर्षण छ ।

    सन् २०२१ मा फिचर फोनबाट कम्पनीले ५४ प्रतिशत आम्दानी गरेको जनाएको छ । तर, कम्पनीको आम्दानी बढ्दै गए पनि नाफा भने घटेको जनाएको छ ।

    सन् २०२१ मा कम्पनी देशको सबैभन्दा बढी फोन आयातकर्ताको तेस्रो नम्बरमा परेको जनाएको छ । कम्पनीअनुसार सन् २०२१ मा लाभा मोबाइलफोन आयातमा १२ प्रतिशत हिस्सा ओगटेको जनाएको छ ।

    विशेषगरी फिचर मोबाइल फोन बिक्री वितरण गर्दै आएको कम्पनीको व्यापार सकारात्मक रहेको छ ।

    सन् २०२० मा कोभिडका कारण व्यापार घटेकोमा अहिले रिबाउन्ड भएको कम्पनीको भनाइ छ ।

    कम्पनीले अल्पकालीन कर्जाका लागि ५७ करोड रुपैयाँको रेटिङ गराएको छ । जसमा कम्पनीले एफोर रेटिङ पाएको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार