Logo

Oct 29 2026

Oct 29 2026 | २०८३ कार्तिक १३ गते

images

दराजले सार्वजनिक गर्‍यो दशैं धमाका अभियान

दराजले सार्वजनिक गर्‍यो दशैं धमाका अभियान

आर्थिक पत्र
बुधवार, भाद्र २९ २०७९
  • काठमाडौं । नेपालको अनलाइन बजार दराजले दशैं धमाका अभियान सार्वजनिक गरेको छ । 

    images

    यो अभियान आज (बुधबार) देखि सुरू भएको हो। यो अभियान गत वर्षको भन्दा ठूलो र भव्य हुने कम्पनीले दाबी गरेको छ।

    यस अभियान अन्तर्गत ७० प्रतिशतसम्मको मेगाडिल, निःशुल्क सिपिङ, २५ सय रुपैयाँसम्मको प्रिपेमेन्ट छुट, १० हजार रुपैयाँसम्मको मेगा भौचर र खेल एक रुपैयाँको बम्पर उपहारका रूपमा इलेक्ट्रोनिक्स स्कुटर जित्ने मौका रहेको कम्पनीले बताएको छ।

    ग्राहकले डेभिड कार्डमार्फत १५ प्रतिशत (अधिकतम २ हजार) र क्रेडिट कार्डमार्फत २० प्रतिशत (२५ सय रुपैयाँ अधिकतम)सम्मको छुट पाउने कम्पनीले जनाएको छ। 

    यस योजना अन्तर्गत एनआइसी एशिया बैंक, सानिमा बैंक, सनराइज बैंक, सिटिजन्स बैंक, एनएमबि बैंक, माछापुच्छ्रे बैंकका ग्राहकहरूले क्रेडिट कार्डमार्फत ० प्रतिशत ब्याजको सहज मासिक किस्ता (इएमआई) पनि प्राप्त गर्न सक्नेछन्। 

    यससँगै अभियानको पहिलो दिनमा आइएमई पे वा इसेवा वालेट मार्फत भुक्तानी गर्ने ग्राहकले सीमित घण्टाको लागि १५ प्रतिशत (अधिकतम  एक हजार रुपैयाँ) सम्मको अतिरिक्त छुट पनि पाउने जनाइएको छ।

    कम्पनीका अनुसार यस दशैं धमाकामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डहरुले समेत छुट दिने छन्। ग्राहकहरूले अन्तर्राष्ट्रिय ब्रान्डहरूमा ७० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन्।

    यस अभियानका थप हाइलाइटहरूमा शेक शेक भाउचर, ११ को बजार, आजाको दराज मल ब्रान्ड, कुपन नै कुपन, जो छिटो उसले जित्यो, सेलको झट्का र स्टोरवाइड अफर समावेश रहेका कम्पनीले बताएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार