Logo

Oct 29 2026

Oct 29 2026 | २०८३ कार्तिक १३ गते

images

टिसिएलले ल्यायो “अजम्बरी खुशी“ योजना

टिसिएलले ल्यायो “अजम्बरी खुशी“ योजना

आर्थिक पत्र
बिहिवार, भाद्र ३० २०७९
  • काठमाडौं । ओम्दिया बाट प्रमाणित विश्वको नम्बर १ एन्ड्रोइड टिभी ब्राण्ड टिसिएलले यो दशैं तिहारलाई लक्षित गरेर “अजम्बरी खुशी“ योजना सार्वजनिक गरेको छ ।

    images

    यस योजना अन्तर्गत ग्राहकहरुले टिसिएलका होम इन्टरटेनमेन्ट र होम एप्लायन्सका उत्पादनहरु खरिद गर्दा आकर्षक नगद छुट वा निश्चित उपहारहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । ग्राहकहरुले यो योजना भाद्र ८ गतेदेखि सीमित अवधिका लागि नेपालभरी पाउने कम्पनीले जनाएको छ ।

    ग्राहकहरुले टेलिभिजनको खरिदमा रु. ४०,४०० सम्मको छुट पाउन सक्नेछन् भने कर्भड टेलिभिजनको खरिदमा रु. १४,७०० को छुटका साथै १ थान टि.भी स्टिक उपहार पनि पाउन सक्नेछन। त्यस्तै वाशिङ मेसिन खरिदमा रु. १९,३०० सम्मको छुटका साथै ६ केजीको पाउडर उपहार पनि पाउन सक्नेछन । र रेफ्रिजेरेटरको खरिदमा रु. ३५,७०० को छुट पाउन सक्नेछन। त्यसै गरी एअर कन्डिसनरको खरिदमा रु. ३५,४०० सम्मको छुटका साथै रु ४,००० बराबरको निःशुल्क एसि जडान सुबिधा पनि पाउन सक्नेछन। र साथै वाटर डिस्पेन्सरको खरिदमा रु. ४,३०० सम्मको छुट र चेस्ट फ्रिजरको खरिदमा रु. १४,७०० र साउन्ड बारको खरिदमा रु ६,००० सम्मको छुट पाउन सक्नेछन।  

    यसका साथै कम्पनीले फ्री डेलिभरी, फ्री इन्स्टलेशन एन्ड डेमो र शुन्य प्रतिशतमा फाइनान्स सुबिधा पनि प्रदान गरेको छ। नेपाल अधिराज्यभर टिसिएल ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ । सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ। कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौं भित्र टङगाल, कुमारीपाटी, बसुन्धरा, जोरपाटी, भक्तपुर राधे राधे, रबिभवन, किर्तिपुर, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार