Logo

Oct 29 2026

Oct 29 2026 | २०८३ कार्तिक १३ गते

images

सेन्साईको “३ को झट्का” योजनाः आइफोन-१३ जित्ने मौका

सेन्साईको “३ को झट्का” योजनाः आइफोन-१३ जित्ने मौका

आर्थिक पत्र
बिहिवार, भाद्र ३० २०७९
  • काठमाडौं । जापानमा ईन्जिनियरिङ गरिएको नेपाली इलेक्ट्रोनिक्स ब्राण्ड सेन्साईले नजिकिरहेको नेपालीहरुको चाड दशैं तिहार २०७९ लाई लक्षित गर्दै ‘सेन्साई ३ को झट्का, दशैंमा उपहारको फड्का’ नामक योजना हालै बजारमा सार्वजनिक गरेको छ ।

    images

    उक्त योजना अन्तर्गत सेन्साई ब्राण्डका कुनै पनि सामानको खरिदमा लक्की ड्र मार्फत २ भाग्यशाली ग्राहकहरुले एप्पल आइफोन १३, ३  भाग्यशाली ग्राहकहरुले एप्पल आइप्याड १०,  २ जनाले आकर्षक उपहारहरु जित्न सक्नेछन् भने बम्पर लक्की ड्र मार्फत १ भाग्यशाली ग्राहकले यामाहा आर१५ भिथ्री जित्न सक्ने कम्पनीले जनाएको छ । साथै सेन्साईले आफ्नो विभिन्न सामानहरुमा विभिन्न किसिमका वारेण्टीहरु र निशुल्क डेलीभरी पनि प्रदान गर्नेछ ।

    सेन्साईका सामानहरुको खरिद गरे पश्चात ग्राहकहरुले आफुलाई लक्की ड्रमा सहभागी गराउन सेन्साई टाईप गरि आफ्नो नाम, ठेगाना र खरिद गरिएको सामानको वारेण्टी कार्ड नम्बर लेखि ३१००३ मा एसएमएस गर्नुपर्नेछ । कम्पनीले यो योजना भाद्र ९,२०७९ देखि सिमित अवधिका लागि मात्र लागु गरेको जनाएको छ । सेन्साई ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इओएल रहेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार