काठमाडौं । पेप्सीले अझ धेरै फिज भएको नयाँ पेप्सी बजारमा ल्याएको छ । शुक्रबार काठमाडौंमा भएको एक कार्यक्रममा कलाकार प्रदीप खड्काले नयाँ पेप्सी सार्वजनिक गरेका थिए ।
उक्त कार्यक्रममा पेप्सीको, नेपालका एसोसिएट डाइरेक्टर अनुज गोयलले मोर फिज पेप्सीलाई उपभोक्ताहरूले पहिलेभन्दा ज्यादा मज्जा लिने बताए । यस्तै, पेप्सीका ब्राण्ड एम्बासडर समेत रहेका खड्काले सबैलाई नयाँ पेप्सी टेस्ट गर्न आग्रह गर्न अनुराेध गरे ।
कार्यक्रममा भिबिएल इन्टरनेशनल अपरेसन्सका सीइओ गिरीश शिवरमणले पेप्सीले उत्पादनको यात्रामा एक अर्को माइलस्टोन कायम गर्न सफल भएका बताए । ‘मोर फिज पेप्सीको सुरुवातसङ्गै हाम्रा उपभोक्ताहरूलाई बढी फिँजदार एवं स्फूर्तिदायक उत्पादन प्रदान गर्ने हाम्रो एक अर्को प्रयास सार्थक भएको महसुस हामीले गरेका छौँ,’ उनले भने ।
नयाँ मोर फिज पेप्सी सिंगल र मल्टि पेट सर्भ प्याकहरु नेपालभरका डिपार्टमेन्ट स्टोरहरु तथा किराना पसलहरुमा उपलब्ध गराईएको कम्पनीले जानकारि दिएकाे छ ।


