Logo

Oct 29 2026

Oct 29 2026 | २०८३ कार्तिक १३ गते

images

यस्तो छ फलफूल तथा तरकारीको मूल्य

यस्तो छ फलफूल तथा तरकारीको मूल्य

आर्थिक पत्र
आइतवार, आश्विन २ २०७९
  • काठमाडौं। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले अदुवा, हरियो फर्सी, मकै बोडी, झिगुनी, ठूलो गोलभेडा  खुर्सानीको औसत मूल्य प्रतिकेजी ६५ रुपैयाँ रहेको जनाएको छ ।

    images

    त्यस्तै, अनार प्रतिकेजी ३२५ रुपैयाँ, अमला, लौका र पाकेको फर्सी ५५ रुपैयाँ, अम्बा र हाइब्रिड घिउ सिमी ९५ रुपैयाँ, आभोकाडो २२५ रुपैयाँ, रातो आलु ६१ रुपैयाँ, रातो आलु भारतीय ३७ रुपैयाँ र मुडेको आलु ५६ रुपैयाँ रहेको छ ।

    त्यस्तै, इमलीको औसत मूल्य प्रतिकेजी १४५ रुपैयाँ, स्थानीय काउली ११० रुपैयाँ, लोकल काँक्रो ८५ रुपैयाँ, कागती २७३ रुपैयाँ ३३ पैसा, कुरिलो ७५० रुपैयाँ, अकबरे खुर्सानी १२६ रुपैयाँ ६७ पैसा, सुकेको खुर्सानी ४३५ रुपैयाँ, लोकल गाजर १३५ रुपैयाँ, गुन्द्रुक २७५ रुपैयाँ रहेको छ ।

    त्यस्तै, घिरौला, भटमासकोशा, तितो करेला र तने बोडी ८५ रुपैयाँ, चिचिण्डो २७ रुपैयाँ ६७ पैसा, चुकुन्दर र परवर ७५ रुपैयाँ, कन्य च्याउ १९० रुपैयाँ, डल्ले च्याउ ३२५ रुपैयाँ, टाटे सिमी ११० रुपैयाँ, छडी, बुचवा र मुंगरी माछा २३५ रुपैयाँ र रहु माछा ३१२ रुपैयाँ ५० पैसा रहेको छ । 

    यसैगरी, तामा ११५ रुपैयाँ, तोरीको साग, लप्सी, भेडे खुर्सानी, भिण्डी र पिंडालू प्रतिकेजी ८५ रुपैयाँ, लोकल नासपाती ९५ रुपैयाँ, न्यूरो १०५ रुपैयाँ, सुकेको प्याज ३७ रुपैयाँ, ब्रोकाउली २७५ रुपैयाँ, रतो मूला ४२ रुपैयाँ ३३ पैसा, मौसम १४५ रुपैयाँ, रायोको साग १२५ रुपैयाँ, सुकेको चाइनिज लसुन २०५ रुपैयाँ, नेपाली लसुन १४५ रुपैयाँ, शरिफा १७५ रुपैयाँ, सेलरी २७५ रुपैयाँ र फुजी स्याउ २६५ रुपैयाँ रहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार