Logo

Oct 28 2026

Oct 28 2026 | २०८३ कार्तिक १२ गते

images

फलफूल र तरकारीको भाउ

फलफूल र तरकारीको भाउ

आर्थिक पत्र
सोमवार, आश्विन ३ २०७९
  • काठमाडौं ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले फलफूल तथा तरकारीको भाउ निर्धारण गरेको छ । आज सोमबार आलु लगायत केही तरकारीको भाउ बढेको छ भने केहीको भाउ घटेको छ । 

    images

    आइतबार प्रतिकेजी ६१ रुपैयाँ रहेको रातो आलुको भाउ आज बढेर प्रतिकेजी ६७ रुपैयाँ पुगेको छ । मुडेको आलु प्रतिकेजी ५६ रुपैयाँ रहेकोमा आज बढेर ६५ रुपैयाँ ६७ पैसा, २७३ रुपैयाँ ३३ पैसा रहेको कागती बढेर २७६ रुपैयाँ ६७ पैसा पुगेको छ । 
    त्यस्तै, यसअघिको तुलनामा खुर्सानीको भाउ भने घटेको छ । यसअघि प्रतिकेजी ६५ रुपैयाँ रहेको खुर्सानी आज घटेर ५५ रुपैयाँ कायम भएको हो । त्यस्तै, घिउ सिमी र घिरौलाको भाउ पनि घटेको छ । यसअघि प्रतिकेजी ८५ रुपैयाँ रहेको लोकल सिमी घटेर ७५ रुपैयाँ, हाइब्रीड सिमी १० रुपैयाँ घटेर ८५ रुपैयाँ र ८५ रुपैयाँ रहेको घिरौला घटेर ७५ रुपैयाँ रहेको छ । 

    चुकुन्दर र च्याउको भाउ आज बढेको छ । यसअघि प्रतिकेजी ७५ रुपैयाँ रहेको चुकुन्दर आज बढेर ८५ रुपैयाँ र ३२५ रुपैयाँ रहेको डल्ले च्याउ आज बढेर ३७६ रुपैयाँ ६७ पैसा रहेको छ । यसअघि प्रतिकेजी ११० रुपैयाँ रहेको टाटे सिमीको भाउ घटेर आज ९५ रुपैयाँ कायम भएको छ भने ७५ रुपैयाँ रहेको परवर घटेर ५५ रुपैयाँ, ११५ रुपैयाँ रहेको हरियो प्याज ११० रुपैयाँ, लोकल बन्दा ३५ रुपैयाँ रहेकोमा आज घटेर ३२ रुपैयाँ ६७ पैसा रहेको छ । 

    यसअघि प्रतिकेजी ८५ रुपैयाँ रहेको भटमासकोशा आज घटेर ७५ रुपैयाँ, यसअघि ४२ रुपैयाँ ३३ पैसा रहेको डल्लो भन्टा आज बढेर ४५ रुपैयाँ, ४५ रुपैयाँ रहेको भिण्डी आज बढेर ५५ रुपैयाँ, २१० रुपैयाँ रहेको भुई कटहर २१० रुपैयाँ रहेकोमा आज बढेर २२० रुपैयाँ पुगेको छ । 

    सुकेको लसुनको भाउ पनि आज घटेको छ । यसअघि प्रतिकेजी २०५ रुपैयाँ रहेको लसुन आज घटेर आज १९५ रुपैयाँ, ३७ रुपैयाँ ६७ पैसा रहेको हाइब्रीड मूला ३५ रुपैयाँ रहेको छ भने यसअघि प्रतिकेजी २२६ रुपैयाँ ६७ पैसा रहेको हरियो धनिया आज घटेर १३३ रुपैयाँ ३३ पैसा रहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार