Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

लमजुङको दुराडाँडा-बाख्रेजगत जोडने सडक कालोपत्रे गर्न शिलान्यास

लमजुङको दुराडाँडा-बाख्रेजगत जोडने सडक कालोपत्रे गर्न शिलान्यास

आर्थिक पत्र
मंगलवार, आश्विन ४ २०७९
  • लमजुङ।  संघीय शहरी विकास मन्त्री  मेटमणी चौधरीले  लमजुङको दुराडाँडामा सत्रसय-अर्चल्यानी-दुराडाँडा-तुर्लुङकोट-पुरानकोट-बाख्रेजगत सडक स्तरोन्नति (कालोपत्रे) गर्न शिलान्यास गरेका छन् । 

    संघीय आयोजना कार्यान्वयन इकाई कास्कीका अनु्सार सुन्दरबजार नगरपालिका र वेसीशहरका केही वडा छुने उक्त सडकको लम्बाई डिपिआर अनुसार १५.२ किलोमिटर रहेको छ । डिपिआर अनुसार कूल ५१ करोड ९५ लाख ९३ हजार रुपैयाँ लागत लाग्ने छ । सडक खण्डले २ हजार घरका ९ हजार ५८७ जनसंख्यालाई प्रत्यक्ष लाभ पुग्‍ने बताइएको छ ।

    शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वय इकाई कास्कीको आयोजनामा भएको उक्त कार्यक्रमको सुन्दरबजार नगरपालिकाको समन्वय रहेको छ । 

    शहरी विकास मन्त्रालयका सचिव डा. रमेश प्रसाद सिंहले सडक स्तरोन्‍नतिको काम अबको एक महिनाभित्रै टेण्डर आह्वान गरी डेढ महिनाभित्र सुरु हुने बताए ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार