Logo

Oct 28 2026

Oct 28 2026 | २०८३ कार्तिक १२ गते

images

यस्ताे छ फलफूल र तरकारीकाे मूल्य

यस्ताे छ फलफूल र तरकारीकाे मूल्य

आर्थिक पत्र
बिहिवार, आश्विन ६ २०७९
  • काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले फलफूल तथा तरकारीको मुल्य निधारण गरेको छ ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार बिहीबार अदुवाको औसत मूल्य प्रतिकेजी ७६ रुपैयाँ ६७ पैसा, अनार ३२५ रुपैयाँ, अमला ७५ रुपैयाँ, अम्बा ११३ रुपैयाँ ३३ पैसा, आभोकाडो २७५ रुपैयाँ, रातो आलु ६९ रुपैयाँ, भारतीय रातो आलु ३७ रुपैयाँ ५० पैसा, मुडेको रातो आलु ६१ रुपैयाँ, सेतो आलु ५२ रुपैयाँ ६७ पैसा, इमली १५६ रुपैयाँ ६७ पैसा, स्थानीय काउली १३० रुपैयाँ, लोकल काक्रो ७६ रुपैयाँ ६७ पैसा रहेको छ। 

    images

    त्यस्तै, हाइब्रीड काक्रो ४५ रुपैयाँ, कागती २३६ रुपैयाँ, किवी ३२५ रुपैयाँ, केरा दर्जन १२५ रुपैयाँ, अकबरे ९० रुपैयाँ, सुकेको खुर्सानी ४३० रुपैयाँ, लोकल गाजर १२५ रुपैयाँ, गान्टे मूला ८६ रुपैयाँ ६७ पैसा, गुन्द्रुक २७५ रुपैयाँ, नेपाली ठूलो गोलभेडा ४८ रुपैयाँ ३३ पैसा, भारतीय ठूलो गोलभेडा ६६ रुपैयाँ ६७ पैसा, टनेल गोलभेडा ३५ रुपैयाँ २० पैसा, लोकल सानो गोलभेडा २७ रुपैयाँ ५० पैसा, घिरौला ८६ रुपैयाँ ६७ पैसा, चुकुन्दर ७६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १९० रुपैयाँ र डल्ले च्याउ ३६० रुपैयाँ रहेको छ । 

    यसैगरी जिरीको सागको औसत मूल्य प्रतिकेजी २१० रुपैयाँ, टाटे सिमी १२५ रुपैयाँ, हरियो तरबुजा ७६ रुपैयाँ ६७ पैसा, छडी माछा २४५ रुपैयाँ, बचुवा २४६ रुपैयाँ ६७ पैसा, मुंगरी ताजा माछा २३५ रुपैयाँ, रहु ताजा माछा ३४५ रुपैयाँ, तोफु र तामा १०६ रुपैयाँ ६७ पैसा,  तितो करेला ८६ रुपैयाँ ६७ पैसा, तोरीको साग ४६ रुपैयाँ ६७ पैसा र लोकल नासपाती १०५ रुपैयाँ रहेको छ । 

    त्यस्तै, निबुवा प्रतिकेजी ५५ रुपैयाँ, न्यूरो १०५ रुपैयाँ, परवर ५६ रुपैयाँ ६७ पैसा, पिंडालू ४८ रुपैयाँ ३३ पैसा, सुकेको प्याज ३५ रुपैयाँ ५० पैसा, हरियो प्याज ११६ रुपैयाँ ६७ पैसा, लोलक बन्दा ३५ रुपैयाँ, पाकेको फर्सी ५५ रुपैयाँ, तने बोडी १०५ रुपैयाँ, ब्रोकाउली ३१३ रुपैयाँ ३३ पैसा, भटमासकोशा ७६ रुपैयाँ ६७ पैसा, भिण्डी ६५ रुपैयाँ, भुई कटहर प्रतिगोटा २१० रुपैयाँ, भेडे खुर्सानी ८६ रुपैयाँ ६७ पैसा, मकै बोडी ७६ रुपैयाँ ६७ पैसा, रायोको साग १२६ रुपैयाँ ६७ पैसा, लप्सी ५६ रुपैयाँ ६७ पैसा, सुकेको चाइनिज लसुन १९० रुपैयाँ, सुकेको नेपाली लसुन १४६ रुपैयाँ ६७ पैसा, लौका ४६ रुपैयाँ ६७ पैसा शरीफा १७५ रुपैयाँ, सेलरी २७५ रुपैयाँ, स्कूस १८ रुपैयाँ ३३ पैसा, फूजी स्याउ २६५ रुपैयाँ र हरियो धनिया १७५ रुपैयाँ रहेको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार