काठमाडौं। अल्ट्रा प्रिमियम ह्विस्की 'बन्दीपुर' र 'गोर्खाज एन्ड गन्स' उत्पादक कम्पनी हाइल्यान्ड डिस्टिलरीले 'यती' भोड्का बजारमा ल्याएको छ।
आकर्षक बोतल र 'फंकी' लेबलका कारण यसले उपभोक्ताको ध्यान खिच्ने विश्वास रहेको कम्पनीले जनाएको छ।
कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'बन्दीपुर र गोर्खाज एन्ड गन्सको सफलतापछि हामी आधुनिक नेपाली उपभोक्तालाई उच्च गुणस्तरको स्पिरिटसहितको उच्च गुणस्तरको भोड्का उपलब्ध गराउन चाहन्थ्यौं। यती भोड्का कुनै पनि अन्तर्राष्ट्रिय भोड्काभन्दा कम छैन।'
कम्पनीका अनुसार यती भोड्का स्विट्जरल्यान्डको प्रविधिबाट उत्पादित हो।
यो भोड्का देशका सबै प्रमुख बजारमा पाइने पनि कम्पनीले बताएको छ।

