Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

राष्ट्रिय वाणिज्य बैंकले किंग्स कलेजका उद्यमी विद्यार्थीलाई सहुलियत ऋण दिने

राष्ट्रिय वाणिज्य बैंकले किंग्स कलेजका उद्यमी विद्यार्थीलाई सहुलियत ऋण दिने

आर्थिक पत्र
आइतवार, आश्विन ९ २०७९
  • काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र किंग्स कलेजबीच कलेजले आयोजना र व्यवस्थापन गर्दैआइरहेको ‘ओथारो’ नामक उद्यमशीलता विकास र प्रवद्र्धन गर्ने इन्क्युवबेशन कार्यक्रममा सहकार्यको लागि सम्झौता भएको छ ।

    काठमाडाैंमा आयोजना गरिएको एक कार्यक्रममा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र कलेजको तर्फबाट कार्यकारी निर्देशक नरोत्तम अर्यालले हस्ताक्षर गरेका छन् ।

    अर्धवार्षिक रूपमा संचालन गरिने ‘ओथारो’ले सहभागीहरूको सोचलाई सघन कार्यशाला, मेन्टरसीप, विज्ञसँगको साक्षात्कार र अन्तरक्रियाका साथसाथै आवश्यक सहयोग प्रदान गरेर व्यवसायमा रूपान्तरण गर्न सघाउ पु¥याउँदै आइरहेको कलेजले बताएको छ ।

    राष्ट्रिय वाणिज्य बैंकसँगको हातेमालोले उद्यमशील सोच एवं धारणालाई व्यवसायीक स्वरुप प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्नुका साथै यस सहकार्यबाट अधिकतम नेपाली युवाहरूले नवीनतम उद्यमको विकास र प्रवद्र्धन गर्नका लागि अवसर पाउने कलेजका कार्यकारी निर्देशक अर्यालले बताए ।

    ‘उद्यमशीलता प्रवद्र्धनका लागि हामीले विभिन्न नगरपालिका लगायत अरू संस्थाहरूसँग पनि सहकार्य गर्दै आएका थियौं,’ साझेदारी पत्रमा हस्ताक्षर गरेपश्चात राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बताए, ‘किंग्स कलेजजस्तो उद्यमशीलता केन्द्रित प्रतिष्ठित शैक्षिक संस्थासँग सहकार्य गर्न पाउँदा अत्यन्त खुसी छौं । कलेजसँग आगामी दिनमा अन्य क्षेत्रहरुमा पनि सहकार्य गर्ने इच्छा छ ।’

    श्रेष्ठका अनुसार राष्ट्रिय वाणिज्य बैंकले यस कार्यक्रममा विज्ञहरू, आर्थिक साझेदार तथा उत्कृष्ट तीन सहभागीलाई बैंकको प्रक्रिया र नियमानुसार सहुलियत दरमा ऋण उपलब्ध गराउने छ ।

    ‘कलेजले कार्यक्रमको योजना, आयोजना तथा सम्पूर्ण व्यवस्थापनको जिम्मेवारीसँगै आर्थिक साझेदारी र विज्ञहरू पनि उपलब्ध गराउनेछ,’ अर्यालले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार