Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

दुई महिनामा ६ अर्बभन्दा बढीको मोबाइल फोन नेपाल भित्रियो

दुई महिनामा ६ अर्बभन्दा बढीको मोबाइल फोन नेपाल भित्रियो

आर्थिक पत्र
सोमवार, आश्विन १० २०७९
  • काठमाडौं। पछिल्लो दुई महिनामा विभिन्न देशबाट नेपालमा ६ अर्ब रुपैयाँभन्दा बढीको मोबाइल फोन सेट भित्रिएको छ । 

    भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिना (साउन र भदौ) मा उक्त रकम बराबरको मोबाइल फोन सेट नेपाल भित्रिएका हुन् । 

    सो समयमा ६ अर्ब १८ करोड ८ लाख ९६ हजार रुपैयाँको मोबाइल फोन नेपालले आयात गरेको विभागले जनाएको छ । उक्त मूल्यमा ४ लाख ३८ हजार ९८५ थान मोबाइल सेट नेपाल भित्रिएको छ । 

    नेपालमा सबैभन्दा बढी मोबाइल चीनबाट आउने गरेको छ । पछिल्लो दुई महिनामा चीनबाट मात्र नेपालमा ४ अर्ब ६७ करोड ४४ लाख ३२ हजार रुपैयाँको मोबाइल सेट भित्रिएको छ । 

    गत आर्थिक वर्ष २०७८/७९ को पहिलो दुई महिनामा नेपालले विभिन्न देशबाट १० अर्ब ३६ करोड ३५ लाख ७६ हजार रुपैयाँको १४ लाख ९८ हजार ७६५ थान मोबाइल सेट आयात गरेको थियो । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार