Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

बडवाइजर बियरको एक वर्षे यात्रा : महिनामा १ लाख कार्टुन बिक्री

बडवाइजर बियरको एक वर्षे यात्रा : महिनामा १ लाख कार्टुन बिक्री

आर्थिक पत्र
मंगलवार, आश्विन ११ २०७९
  • काठमाडौं। नेपालमा वडवाइजर बियर भित्रिएको एक वर्ष पूरा भएको छ। 

    नेपालमा नै उत्पादन भएर बिक्री हुन थालेको एक वर्षमा बडवाइजर बियर महिनामा नै एक लाख कार्टुन बिक्री हुन थालेको कम्पनीले दाबी गरेको छ।

    गत भदौ महिनामा नेपालमा बडवाइजर बियर एक लाख दुई हजार कार्टुन बिक्री भएको जावलाखेल ग्रुप अफ इन्ड्रष्टिजका चिफ मार्केटिङ अफिसर बैभव शर्माले जानकारी दिए।

    शर्माका अनुसार आगामी महिनाहरूमा बडवाइजरको माग बढ्दो छ।

    एक लाख दुई हजार कार्टुन बडवाइजर बियरमध्ये काठमाडौं उपत्यकामा ४० र उपत्यका बाहिर ६० प्रतिशत बिक्री भएको शर्माले बताए।

    'यो हाम्रा लागि निकै ठूलो उपलब्धी हो', शर्माले भने 'यति छोटो समयमा यो बियरले यतिको मार्केट लिनु भनेको सानो कुरा होइन। वडवाइजर बियर एक सय ४५ वर्षभन्दा पुरानो बियर हो।'

    जावलाखेल ग्रुप अफ इन्ड्रष्टिज अन्तर्गत नवलपरासीमा रहेको राज ब्रुअरीले बडवाइजर नेपालमा उत्पादन गर्ने गरेको छ।

    लगानीको हिसाबले पनि यो बियर विश्वको सबैभन्दा ठूलो बियर कम्पनी रहेको कम्पनीको दाबी छ। 

    बियर कम्पनीहरूका अनुसार अहिले नेपालमा वार्षिक १५ लाख हेक्टोलिटरभन्दा बढी बियर बिक्री हुन्छ।

    बडवाइजर प्रिमियम सफ्ट बियर हो। सफ्ट बियरको तुलनामा बडवाइजरको बजार सन्तोषजनक रहेको शर्माले बताए।

    नेपाली बियर बजार पछिल्लो समय ८० प्रतिशत स्ट्रोङ बियरले ओगटेको छ। 

    बडवाइजर बियर पछिल्लो समय उपत्यकाका सबै स्टार होटल, रेष्टुरेन्टमा पाइन्छ। 

    उपभोक्ताहरूले बियर मन पराएपछि बिक्री स्वतः बढेको कम्पनीले बताएको छ।

    जावलाखेल ग्रुप अफ इन्ड्रष्टिजले जर्मन वाट्सटाइनर पनि नेपालमा नै काराखाना खोलेर उत्पादन गर्दै आइरहेको छ। गोल्डेक वाक र रुस्लान भोड्का पनि जावलाखेल ग्रुप अफ इन्ड्रष्टिजकै उत्पादन हुन्।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार