काठमाडौं । स्मार्टफोन र स्मार्ट टिभी ब्रान्ड शाओमी नेपालले स्मार्ट टिभीको लाइनअप सार्वजनिक गरेको छ।
लाइनअपमा रेडमी स्मार्ट टिभी एक्स सिरिजअन्तर्गत् एक्सएल अनुभव प्रदान गर्ने रेड्मी स्मार्ट टिभी एक्स४३ इन्च, रेड्मी फुल एचडी, मी टिभी फाइभएक्स ४३ इन्च, शाओमी टिभी एक्स सिरिज एक्स५५ इन्च र मी टिभी फाइभए ४३ इन्च छन्।
घरमै थिएटरको अनुभव दिने मीको सबैभन्दा ठूलो र सबैभन्दा प्रिमियम स्मार्ट फ्ल्यागसिप टिभी ७५ इन्चको छ।
ठूलो स्क्रिनको साथमा फराकिलो दृश्यहरू प्रदान गर्ने यो टिभीमा ७५ इन्चको स्क्रिन साइज र क्वान्टम डट टेक्नोलोजी छ। ९७ प्रतिशत स्क्रिन-टु-बडी रेसियो, फुल एरे लोकल डिमिङ टेक्नोलोजी, रियालिटी फ्लो १२० (एमइएमसी) सहितको १२० हर्ट्ज रिफ्रेस रेट प्यानल र ३० डब्लु ६ स्पिकर अडियो सेटअप छ। यसमा आश्चर्यजनक दृश्यहरू र रंगहरूका साथ आफ्नो लिभिङ रुमलाई थिएटरमा रूपान्तरण गर्न सकिने कम्पनीको दाबी छ।
७५ इन्चको स्मार्ट टिभीको मूल्य दुई लाख ९९ हजार ९९९ र स्मार्ट एयर फ्रायरको मूल्य १२ हजार ४९९ रहेको छ। यी दुवै डिभाइसहरू असोज ७ गतेदेखि नै मी स्टोरहरूमा उपलब्ध छन्।

