Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

दसैं अफरको साथमा 'अनर एक्स ६' नेपाली बजारमा सार्वजनिक, कति छ मूल्य?

दसैं अफरको साथमा 'अनर एक्स ६' नेपाली बजारमा सार्वजनिक, कति छ मूल्य?

आर्थिक पत्र
बिहिवार, आश्विन १३ २०७९
  • काठमाडौं । नेपालका लागि 'अनर' फोनको आधिकारिक बिक्रेता सेलट्रोन नेपालले 'अनर एक्स ६' नेपालमा सार्वजनिक गरेको घोषणा गरेको छ।

    नेपाली बजारमा अनर एक्स सिरिज (एक्स सेभेन, एक्स एट, एक्स नाइन) र अनर ५० लाईट पहिले नै बजारमा उपलब्ध छन् । 

    आजदेखि भने अनर एक्स६ पनि एक्स सिरिज परिवारमा थपिएको हो कम्पनीले बताएको छ।

    विशेष ६ स्मार्ट फिचर्स भएको अनर एक्स ६ लाई किफायती मूल्यमा उत्कृष्ट एन्ट्री लेभल स्मार्टफोन मध्ये एक मानिने कम्पनीको भनाइ छ। 

    यसका साथै सेलट्रोन नेपालले यसलाई थप आकर्षक र सस्तो बनाउन विभिन्न प्रवर्द्धनात्मक योजनाहरू ल्याएको छ।

    ती मध्ये एउटा स्कीम ३ बन्डलिङ अफर रहेको छ। यो अफर अनुसार ग्राहकले तीन मध्ये एउटा अफर छनोट गरी सस्तो मूल्यमा कम्बो उत्पादनहरू प्राप्त गर्न सक्नेछन् ।

    पहिलो बन्डलिङ अफरमा २३ हजार ९८० मूल्य बराबरको अनर एक्स सिक्स र अनर इयरबड्स एक्स थ्री लाइटको कम्बो मात्र २० हजार ९९० रुपैयाँमा पाउन सकिन्छ । 

    दोस्रो बन्डलिङ अफरमा २४ हजार ९८० मूल्य बराबरको अनर एक्स सिक्स र अनर ब्याण्ड सिक्स को कम्बो मात्र २१ हजार ४९० रुपैयाँमा पाउन सकिन्छ। 

    त्यस्तै, तेस्रो बन्डलिङ अफरमा ३० हजार ४७० मूल्य बराबरको अनर एक्स सिक्स, अनर ब्याण्ड सिक्स र अनर इयरबड्स एक्स थ्री लाइटको कम्बो २३ हजार ४९० रुपैयाँमा पाउन सकिन्छ। 

    प्रमोशनल अफर क्रममा १० भाग्यशाली विजेताहरूले अनर इयरबड्स एक्स थ्री लाईट पाउने पनि कम्पनीले बताएको छ।

    अनर एक्स–६ मा ५००० एमएएचको ब्याट्री छ। एक पटकको पूरा चार्समा अनलाइन भिडिओ १७ घन्टासम्म र सामाजिक सन्जाल १८ घन्टासम्म चलाउन सकिने कम्पनीको दाबी छ। 

    त्यस्तै, ३१ घन्टासम्म गीत सुन्न सकिनेछ। यसबाहेक स्मार्ट चार्जिङ र स्मार्ट ब्याट्री क्षमता यसका खास विशेषता भएको कम्पनीको भनाइ छ।

    कम्पनीका अनुसार यसमा ४ जिबी र्‍याम र ६४ जिबी इन्टरनल स्टोरेज छ। अनर एक्स–६ को स्टोरेज ६ टिबीसम्म बढाउन सकिन्छ। 

    यसमा ५० मेगापिक्सल मुख्य क्यामरा, २ मेगापिक्सल म्याक्रो क्यामरा र २ मेगापिक्सल डेप्थ गरी तीन क्यामरा उपलब्ध छ।

    ६.५ इन्चको डिस्प्ले भएको अनर एक्स६ तीन वटा रङमा पाइन्छ– टिटानियम सिल्भर, ओसन ब्लु (निलो) र मिडनाइट ब्ल्याक (कालो)।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार