Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

नेपालमा रियलमीको नयाँ फोन सार्वजनिक

नेपालमा रियलमीको नयाँ फोन सार्वजनिक

आर्थिक पत्र
शुक्रवार, आश्विन १४ २०७९
  • काठमाडौं । स्मार्टफोन ब्राण्ड रियलमीले नेपाली बजारमा ५० एमपी एआई क्यामेराको साथ एन्ट्री–लेभल सेगमेन्टमा उच्चतम पिक्सेल भएको स्टाइलिश बजेट सी–सिरिजमा रियलमी सी३३ को नयाँ संस्करण अनावरण गरेको छ। यो स्मार्टफोनले बाउन्डलेस सी डिजाइन, राइट–एंगल बेजेलको साथ प्रयोगकर्ताहरूलाई व्यापक, अत्याधुनिक र गतिशील अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ । 

    लन्चको बारेमा बोल्दै रयलमी नेपालका हेड, मुनिष गिरीले भने, “रियलमीको एन्ट्री–लेभल सी सिरिज अन्तर्गत २०१८ को सेप्टेम्बरमा लन्च भएको रियलमी सी१ संगै प्रयोगकर्ताहरूको राम्रो प्रतिक्रिया पाउँदै आएको छ । जसले गर्दा हामी यसको पोर्टफोलियो विस्तार गर्न सक्षम भएका छौं । सी सिरिजको साथमा हामीले उचित मूल्यमा उच्च प्रविधि, पवोर र डिजाइनको आदर्श फ्युजनको स्मार्टफोनहरू उपलब्ध गराउने लक्ष्य राखेका छौं। नयाँ फोन उपभोक्ताहरूलाई उत्कृष्ट स्मार्टफोनहरु प्रदान गर्ने हाम्रो प्रयासको अर्को दृष्टान्त हो, र हामी विश्वस्त छौं हाम्रा प्रयोगकर्ताहरूले यसलाईउतिकै माया र समर्थन दिनुहुनेछ ।”

    realme price.jpg
    undefined

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार