Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

जाजरकोट बारेकोटको खाद्य डिपो रित्तै, खाद्यान्न नहुँदा सर्वसाधारणलाई समस्या

जाजरकोट बारेकोटको खाद्य डिपो रित्तै, खाद्यान्न नहुँदा सर्वसाधारणलाई समस्या

आर्थिक पत्र
आइतवार, आश्विन १६ २०७९
  • जाजरकोट । बारेकोट गाउँपालिकाको रहेका खाद्य डिपोहरूमा खाद्यान्न नहुँदा सर्वसाधारणलाई समस्या भएको छ । नयाँ बाली नपाकेको र पुरानो सकिएकाले यहाँका स्थानीयवासीलाई दसैँमा समस्या भएको हो ।

    खाद्य व्यवस्था तथा व्यापार कम्पनीका खाट र काउली डिपोमा चामल नहुँदा सर्वसाधारण खाली हात फर्कन बाध्य भएका छन् । स्थानीय बजारमा पाइने महँगो चामल खरिद गरेर प्रयोग गर्न बाध्य भएको बारेकोट –५ का विवेक सिंहले बताए । उनले भने ‘दसैँको समयमा बढी नै चामलको आवश्यकता पर्छ, त्यही समयमा खाद्य डिपोमा चामल छैन ।’

    पुरानो चामल सकिएको र नयाँ डिपोसम्म चामल ढुवानी नभएकाले चामल अभाव भएको डिपोका कर्मचारीले बताएका छन् । सदरमुकाममा सहुलियतमा चामल पाइए पनि दुर्गममा रहेका खाद्य डिपोमा चामल नै नहुँदा स्थानीयवासी पीडित भएका छन् । स्थानीय बजारमा चामल महँगो हुँदा आफूहरु मर्कामा परेको अर्का रमिता सिंहले बताए।

    जिल्लाको सबैभन्दा ठूलो भू–भाग बारेकोटमै रहेको छ । अन्न कम उत्पादन हुने बारेकोटमा दुईवटा खाद्यका डिपो स्थापना गरिएको थियो । चामल नभएका ती डिपो सर्वसाधारणले चामल कहिले आउँछ भनेर सोध्ने काममात्र भएको छ । दसैँअघि चामल लिन प्रयास गरे पनि सफल नभएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका जाजरकोटका प्रमुख रामप्रसाद पौडेलले जानकारी दिए । जिल्लाभरि १० बिक्री केन्द्र र डिपो छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार