Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

विद्यार्थीलाई मेगा बैंकको वित्तीय साक्षरता

विद्यार्थीलाई मेगा बैंकको वित्तीय साक्षरता

आर्थिक पत्र
सोमवार, आश्विन २४ २०७९
  • बिर्तामोड। मेगा बैंक नेपाल बिर्तामोड शाखाले बिर्तामोड –१ मा रहेको इष्टर्न इम्पायर कलेज अफ होटल म्यानेजमेन्टका विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान गरेको छ ।

    विद्यार्थीलाई बचत, लगानी र कर्जालगायत विभिन्न बैंकिङ र वित्तीय क्षेत्रबारे जानकारी गराउने उद्देश्यले वित्तीय साक्षरता प्रदान गरेको मेगा बैंकको बिर्तामोड शाखाका रिलेसनसीप म्यानेजर प्रमोद ढकालले जानकारी दिए । बैंकिङ सेवाको विस्तार र प्रोत्साहनका लागि बैकको सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरुलाई वित्तीय साक्षरता प्रदान गरेको उनले बताए ।

    इष्टर्न इम्पायर कलेज अफ होटल म्यानेजमेन्टमा कक्षा ११ र १२ मा अध्ययनरत् एक सय भन्दा बढी विद्यार्थीलाई बैंकका शाखा प्रवन्धक दिनेश पनेरुले वित्तीय साक्षरता प्रदान गरेको उनले जानकारी दिए ।

    कार्यक्रममा शाखा प्रवन्धक पनेरुले मेगा वैंकका बैंकिङ सेवा सुविधा, डिजिटल बैंकिङ प्रविधि, बचत गर्ने तरिका र बचत गर्दा हुने फाइदा, कर्जा प्रक्रिया, वित्तीय जागरण, चेक लेख्ने खिच्ने, भौचरको प्रक्रिया र एटीएम प्रविधि जस्ता वित्तीय कारोबारका प्रक्रिया लगायतका विषयमा जानकारी गराएका दिए ।

    कार्यक्रममा इष्टर्न इम्पायर कलेज अफ होटल म्यानेजमेन्टका आलोक कार्की, निर्मल निरौलालगायतले विद्यार्थीलाई वित्तीय सारक्षता गराइ दिएकोमा बैंकलाई धन्यवाद दिए । थिए । कार्यक्रममा सहभागी विद्यार्थीहरुले वित्तीय साक्षरता प्राप्त गरेर बैंकिङ सेवा सुविधाबारे बुझ्ने मौका पाएको बताए ।

    बचत तथा कर्जा योजना, बैंकको नेटवर्क, वित्तीय कारोबार, भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमूलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्यूनीकरण लगायतका विषयमा यसअघि पनि विभिन्न जिल्लामा विद्यार्थी, व्यवसायी, लगायतलाई वित्तीय साक्षरता कार्यक्रम गरिसकेको मेगा बैंकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार