Logo

Oct 28 2026

Oct 28 2026 | २०८३ कार्तिक १२ गते

images

शाओमीको मोबाइल फोनहरुमा बिशेष छुट, कुनमा कति ?

शाओमीको मोबाइल फोनहरुमा बिशेष छुट, कुनमा कति ?

आर्थिक पत्र
मंगलवार, आश्विन २५ २०७९
  • काठमाडौँ । नेपालको नम्बर एक स्मार्ट फोन ब्रान्ड शाओमीले चाडपर्वको अवसर पारेर सिमित अवधिको लागि आफ्नो मोबाइल सेटहरुमा उल्लेखनीय रुपमा मूल्य छुट गरेको छ । चाडपर्वको शुभ अवसर पारेर आफ्ना उपभोक्ताहरुको लागि यो तिहार विशेष योजना ल्याइएको कम्पनीले जनाएको छ ।

    images

    यस बारेमा बोल्दै शाओमी नेपालका कन्ट्रि जेनेरल म्यानेजर श्री अमित कुमार पंडाले भने, “नेपालीहरुको महान चाड तिहार नजिकिँदै गर्दा यस चाडपर्वकोे शुभ उपलक्ष्यमा हाम्रा उपभोक्ताहरुको लागि साबिक भन्दा कम मूल्यमा मोबाइल फोन उपलब्ध गराउन गइरहेका छौँ । आशा छ यस अफर सँगै यहाँहरुको चाडपर्वको माहोल अझै रोमान्चक बन्ने छ ।”

    यो अफर अन्तर्गत उपभोक्ताहरुले रेडमी नोट ११ सिरिजमा रु. १०००, शाओमी १२ सिरिजमा रु. ३००० र भर्खरै लन्च गरिएको POCO M5 मा रु. ५०० सम्म को कम मुल्यमा मोबाइल सेट खरिद गर्न सक्नेछन् । सिमित अवधिको लागि मान्य यो अफर असोज २४ गते देखि कार्तिक १४ गते सम्म लागु हुनेछ ।

    शाओमीका मोबाइलहरुमा पाइने छुट तथा मूल्यसूची :

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार