Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

अर्घाखाँची सिमेन्टले थाल्यो सिमेन्ट निर्यात, भारतमा १४ सय बोरा पठायो

अर्घाखाँची सिमेन्टले थाल्यो सिमेन्ट निर्यात, भारतमा १४ सय बोरा पठायो

आर्थिक पत्र
सोमवार, आश्विन ३१ २०७९
  • काठमार्डौं । अर्घाखाँची सिमेन्टले पनि भारतमा सिमेन्ट निर्यात सुरु गरेको छ । पहिलो चरणमा पाल्पा सिमेन्ट इन्डस्ट्रिजले नेपाली सिमेन्ट भारत निर्यात गरेकोमा दोस्रोमा अर्घाखाँची सिमेन्टले सिमेन्ट निर्यात गरेको हो ।

    गत असारमा पाल्पा सिमेन्टले ‘तानसेन’ ब्रान्डको सिमेन्ट भारततर्फ निकासी गरेको थियो । कम्पनीले पहिलो दिनमा नै तीन ट्रक सिमेन्ट निर्यात गरेको थियो । यस पटक अर्घाखाँची सिमेन्टले २ हजार बोरा सिमेन्ट भारत निर्यात गरेको हो ।

    कम्पनीले आज (सोमबार) २ दुई ट्रकमा सिमेन्ट निर्यात गरेको जनाएको छ । कम्पनीले भारतको युपी सहरमा सिमेन्ट निर्यात गरेको जनाएको छ । कम्पनीले प्रतिबोरा २ सय ६५ रुपैयाँका दरले सिमेन्ट निर्यात गरेको बताएको छ ।

    अर्घाखाँची सिमेन्टले यसलाई ठूलो उपलब्धिको रुपमा लिएको छ । गुणस्तरीय सँगै निर्यातलाई निरन्तरता दिनका लागि आफु प्रतिबद्ध भएको कम्पनीले जनाएको छ ।

    कम्पनीले सोमबार एक कार्यक्रमको आयोजना गर्दै सिमेन्ट निर्यात सुरु गरेको हो । कार्यक्रममा बोल्दै कम्पनीका सञ्चालक पशुपति मुरारकाले आफ्नो एउटा सपना पुरा भएको बताएका छन् । उनले अझै सिमेन्ट निर्यातलाई नियमित बनाउनका लागि अनवरत रुपमा लाग्ने बताएका छन् ।

    सरकारले सिमेन्ट, स्टील लगायत सामान निर्यातमा ८ प्रतिशत अनुदान र वार्षिक १० करोड बढीको विद्युत खपत गर्ने उद्योगलाई २ देखि १५ प्रतिशतसम्म महसुलमा छुट दिने घोषणा गरेको थियो । चालु आर्थिक वर्षको बजेटमार्फत् सो व्यवस्था गरेको थियो । त्यसका लागि कार्यविधि पनि बनिसकेको छ ।

    सिमेन्ट उत्पादक संघको तथ्यांक अनुसार नेपालमा ५० भन्दा धेरै सिमेन्ट उद्योग सञ्चालनमा छन । तीमध्ये करिब १५ वटाले सिमेन्ट र क्लिंकर दुवै उत्पादन गर्दै आएका छन । यी सिमेन्ट उद्योगको वार्षिक उत्पादन क्षमता झण्डै २ करोड २० लाख टन जति रहेको अनुमान छ ।

    उत्पादनको मात्रा हालको आन्तरिक मागभन्दा बढी जस्तो छ । सरकारले २०७२ को भूकम्पपछि पुनर्निर्माणका कामलाई तीव्रता दिँदा पछिल्ला केही वर्षमा सिमेन्ट उद्योगले तीव्र व्यापार गरे जस्तो थियो । विगत सात वर्षमा भूकम्पबाट क्षति भएका पाँच लाखभन्दा बढी निजी घर र हजारौं विद्यालय भवन, सम्पदा स्थल, स्वास्थ्य चौकी र अन्य संरचनाको पुनर्निर्माण गरिएको छ ।

    निर्यात र विद्युत महसुलमा छुट पाउने भएपछि उद्योगीहरु उत्साहित भएका छन् ।  सरकारको उक्त छुटसँगै पाल्पा र अर्घाखाँची सिमेन्टपछि जगदम्बा, सर्वोत्तम र सौर्य लगायत सिमेन्ट उद्योग पनि निर्यातको तयारीमा छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार