Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

विदेशबाट ९ करोड रुपैयाँको बदाम आयात

विदेशबाट ९ करोड रुपैयाँको बदाम आयात

आर्थिक पत्र
मंगलवार, कार्तिक ८ २०७९
  • काठमाडौं ।चालू आर्थिक वर्षको २ महिनाको अवधिमा विदेशबाट ९ करोड ७४ लाख रुपैयाँको बदाम आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन र भदौ महिना गरी २ महिनामा उक्त मूल्य बराबरको बदाम आयात भएको हो ।

    यस अवधिमा ९ करोड रुपैयाँभन्दा बढीको २ लाख ५६ हजार किलोग्राम बदाम आयात भएको जनाइएको छ । नेपालमा आयात हुने बदाम भारत र अमेरिकाबाट आउने गरेको छ । यस अवधिमा भारतबाट १ लाख ९८ हजार रुपैयाँको बदाम आयात हुँदा अमेरिकाबाट ९ करोड ७२ लाख रुपैयाँको बदाम भित्रिएको विभागले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार