Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

घोराही सिमेन्टले ल्यायो उपभोक्ता लक्षित योजना

घोराही सिमेन्टले ल्यायो उपभोक्ता लक्षित योजना

आर्थिक पत्र
बिहिवार, कार्तिक १७ २०७९
  • काठमाडौं । घोराही सिमेन्ट उद्योगको उत्पादन सगरमाथा सिमेन्टले उपभोक्ता लक्षित स्किम 'सगरमाथा सिमेन्टको उपहार ई–स्कुटरको साथमा घरायसी सामानको बहार' योजना ल्याएको छ। 

    यस योजनामा सगरमाथा सिमेन्टको बोराहरूभित्र रहेको कुपनको क्युआर कोडलाई स्क्यान गरी त्यसपछि आउने फारम भरी यस योजनामा विभिन्न उपहार जित्ने मौका पाउन सकिनेछ।

    पुस मसान्तसम्म सञ्चालन हुने यस योजनामा ई–स्कुटर, टेलिभिजन, मोबाइल, घरायसी सामान लगायतका उपहारहरू प्रत्येक महिनाको अन्त्यमा लक्कि ड्र मार्फत जित्न सकिने कम्पनीले बताएको छ।

    लक्कि ड्र कम्पनीको अफिसियल सोसियल मिडियाका विभिन्न माध्यमबाट प्रत्यक्ष प्रशारण गरीनेछ। 

    सन २००९ मा स्थापना भएको घोराही सिमेन्ट उद्योगले विगत एक दशकदेखि बजारमा आफ्नो पहिचान तीव्र रूपमा विस्तार गरेको छ र नेपाली निर्माण बजारमा आफूलाई प्रतिष्ठित कम्पनीको रूपमा स्थापित गरेको कम्पनीको भनाइ छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार