Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

रिद्धि सिद्धि सिमेन्टले ल्यायो नयाँ उपहार योजना

रिद्धि सिद्धि सिमेन्टले ल्यायो नयाँ उपहार योजना

आर्थिक पत्र
बिहिवार, कार्तिक १७ २०७९
  • काठमाडौं । रिद्धि सिद्धि सिमेन्टले हात खाली नजाने उपहार योजना ल्याएको छ।

    जस अन्तर्गत ग्राहकहरूले हरेक ५० बोरा रिद्धि सिद्धि सिमेन्टको खरिदमा स्क्रयाच कुपन प्राप्त गर्नेछन्। 

    कम्पनीका अनुसार यस कुपनहरूमा ५०० रुपैयाँदेखि १० हजार रुपैयाँसम्म उल्लेख गरिएको हुन्छ।

    साथै शून्य अंक उल्लेखित कुपन प्राप्त गरी आफ्नो कुपनमा भएको रकम पछाडि शून्य थप गरी १० गुणासम्म रकम प्राप्त गर्न सकिने कम्पनीले बताएको छ।

    यद्यपि ५० भन्दा धेरै संख्यामा ० (शून्य) को कुपन भएपनि प्रत्येक कुपनमा एकपटक मात्र ० लाई पछाडि जोडेर एक लाख सम्म रकम प्राप्त गर्न मिल्नेछ।

    यदि पाँच हजार रुपैयाँ वा सो भन्दा माथिको रकम परेमा कम्पनीको आधिकारिक सम्पर्क नम्बरमा रजिष्टर गर्नु पर्नेछ र उक्त रकममा शून्य थप गरिएको अवस्थामा कम्पनीको आधिकारिक व्यक्तिबाट निमार्ण स्थलमै रकम प्रदान गरिने कम्पनीले बताएको छ।

    कम्पनीको मुख्य उद्देश्य ग्राहकहरूलाई उच्च प्राविधिक प्रणालीद्वारा उत्पादित सिमेन्ट उपलब्ध गराउनु र राष्ट्रमा सिमेन्ट गुणस्तरको नयाँ आयाम थप्नु रहेको बताइएको छ।

    यसै क्रममा कम्पनीले ग्राहकहरूलाई विभिन्न योजनाहरू प्रदान गर्दै आएको छ र यसपाली भने ग्राहकहरूलाई प्रेरित गर्न यो योजना सार्वजनिक गरेको कम्पनीले जनाएको छ।

    कम्पनीका अनुसार यो योजना कात्तिक १५ गतेदेखि पुस ३० गतेसम्म मात्र लागू हुनेछ। 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार