Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

सामसङ ग्यालेक्सी ए०४ सार्वजनिक हुँदै

सामसङ ग्यालेक्सी ए०४ सार्वजनिक हुँदै

आर्थिक पत्र
बिहिवार, कार्तिक १७ २०७९
  • काठमाडौं । सामसङले सामसङ ग्यालेक्सी ए०४ सार्वजनिक गर्ने तयारी गरेको छ।

    सामसङले फ्यागशिप फोनदेखि इन्ट्री लेभलका उत्पादनहरू सम्मका सबै फोनहरूमा सधैं ग्रहकहरूको लागि केही नयाँ आकर्षक फिचर्स् ल्याइरहेको छ

    यो वर्ष सामङले आफ्नो मिड रेन्ज र फ्यागशिप फोनहरू सार्वजनिक गरेसँगै अब चाडै नै नेपाली बजारमा नयाँ ग्यालेक्सी ए०४ ल्याउने तयारी गरिरहेको छ। 

    यो स्मार्ट फोन सार्वजनिक हुने खबरले नेपाली बजारमा चर्चा पाइरहेको र चाडै नै नेपाली बजारमा प्रवेश हुने अनुमान भइरहेको छ। 

    यसको मुख्य आकर्षणमा ५० एमपी क्यामरा रहेको छ। 

    युवा प्रयोगकर्ताहरूलाई यसले आफ्ना बहुमूल्य र उत्कृष्ट पलहरू हाइ क्वालिटीमा क्याप्चर गर्ने बताइको छ। 

    यसको अर्को विषेशता भनेको यसको मूल्य रहेको छ।

    सामसङले हरेक मूल्य दायरामा केही उत्कृष्ट उत्पादनहरू ल्याउँदै आएको छ र यस नयाँ ग्यालेक्सी ए०४ स्मार्टफोन पनि सामसङ लाइनअपको एक उत्कृष्ट फोनको रूपमा चिनिने अपेक्षा कम्पनीले राखेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार