Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

यस्तो छ आजको फलफूल तथा तरकारी मूल्य

यस्तो छ आजको फलफूल तथा तरकारी मूल्य

आर्थिक पत्र
मंगलवार, कार्तिक २२ २०७९
  • काठमाडौं। काठमाडौँ र कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबार अदुवा, सखरखण्ड, परवर, चिचिण्डो, निबुवा र स्थानीय काउलीको औसत मूल्य प्रतिकेजी ४५ रुपैयाँ, अनार ४२५ रुपैयाँ, अमला ५६ रुपैयाँ ६७ पैसा, अम्बा ११० रुपैयाँ रहेकाे जनाएकाे छ । 

    एभोकाडो २२५ रुपैयाँ, रातो आलु ८६ रुपैयाँ, भारतीय रातो आलु ४१ रुपैयाँ ३३ पैसा, सेतो आलु ४९ रुपैयाँ, इमली १४६ रुपैयाँ ६७ पैसा, लोकल काक्रो ९५ रुपैयाँ, कागती १२८ रुपैयाँ, किवि २२५ रुपैयाँ, अकबरे खुर्सानी १४० रुपैयाँ, लोकल गाजर १२६ रुपैयाँ ६७ पैसा र गुन्द्रुक प्रतिकेजी ३२५ रुपैयाँ रहेको छ । 

    नेपाली ठूलो गोलभेडाको औसत मूल्य प्रतिकेजी ६५ रुपैयाँ, भारतयि ठूलो गोलभेडा ८६ रुपैयाँ ६७ पैसा, टनेल गोलभेडा ४३ रुपैयाँ २० पैसा, ग्याठ कोबी ८५ रुपैयाँ, घिरौला ६६ रुपैयाँ ६७ पैसा, चुकुन्दर ८७ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १८० रुपैयाँ, डल्ले च्याउ ३७५ रुपैयाँ, जुनार २३५ रुपैयाँ, टाटे सिमी १२६ रुपैयाँ ६७ पैिसा, तरुल ८५ रुपैयाँ, छडी र बचुवा माछा २४५ रुपैयाँ मूल्य रहेकाे छ ।

    मुंगरी माछा २४० रुपैयाँ, तामा १०६ रुपैयाँ ६७ पैसा, तोरीको साग ५६ रुपैयाँ ६७ पैसा, पार्सले र पुदिना ६५० रुपैयाँ, पिंडालू ४६ रुपैयाँ ६७ पैसा, बकूला ११५ रुपैयाँ, लोकल बन्दा ४० रुपैयाँ, बरेला ४६ रुपैयाँ ६७ पैसा, ब्रोकाउली ११३ रुपैयाँ ३३ पैसा, भिण्डी ६६ रुपैयाँ ६७ पैसा, भेडे खुर्सानी ११६ रुपैयाँ ६७ पैसा, मकै बोडी ५६ रुपैयाँ ६७ पैसा, मटरकोशा १६५ रुपैयाँ, मेथीको साग १९० रुपैयाँ, मौसम १२५ रुपैयाँ, रायोको साग ६६ रुपैयाँ ६७ पैसा, सुकेको लसुन १४५ रुपैयाँ, लौका ५६ रुपैयाँ ६७ पैसा, सेलरी ३२५ रुपैयाँ, स्कूस २२ रुपैयाँ ५० पैसा, फूजी स्याउ २६५ रुपैयाँ र हरियो धनिया १३८ रुपैयाँ रहेको छ । 

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार