Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

लमजुङकाे बजेट आठ अरब पुग्याे, डुम्रे–चामे सडकलाई मात्रै सवा ६१ कराेड

लमजुङकाे बजेट आठ अरब पुग्याे, डुम्रे–चामे सडकलाई मात्रै सवा ६१ कराेड

आर्थिक पत्र
शनिवार, कार्तिक २६ २०७९
  • लमजुङ । केही वर्ष अगाडिसम्म लमजुङको बजेट जम्मा ७५ करोड थियो । चालु आर्थिक वर्ष ०७९/८० मा भने याे बढेर आठ अरब पुगेकाे छ । जसमध्ये डुम्रे–बेसीशहर–चामे सडक वहुर्षीय आयोजनालाई ६१ करोड २८ लाख रकम विनियोजन गरिएकाे छ ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट चालु आर्थिक वर्ष ०७८/७९ मा वहुवर्षीय बजेट निर्वाचन क्षेत्र रणनैतिक सडकअन्तर्गत रेडबुकको पेज नम्बर १६३ मा समावेश योजनाअन्तर्गत विचौरको कुनाघाट–बेसीशहर सडकखण्ड निर्माणको लागि बोलपत्र आह्वान भइसकेको छ ।

    एक निर्वाचन क्षेत्र एक रणनैतिक सडक संघीय सरकारले निर्माण गर्नेछ । जसअन्तर्गत लमजुङकाे पूर्व–पश्चिम उच्चपहाडी रणनैतिक सडकअन्तर्गत कुनाघाट-विचौर–सिङ्दी सडक अन्तर्गत कुनाघाट-बेसीशहर सडक खण्ड निर्माण भइरहेको छ । 

    पूर्वबाट पश्चिमसम्म पूरै छिचोल्ने उच्चपहाडी सडक निर्माण सम्पन्न हुँदा लमजुङका अधिकांश बस्ती यस रणनैतिक सडकसँग जोडिने छ । उक्त सडक निर्माणका लागि ४० करोड रुपैयाँ विनियोजन भएकाे छ ।

    वहुवर्षीय ठेक्का आयोजना पाँच अरब ४३ करोड बजेट डुम्रे–बेसीशहर–चामे सडक परियोजनाको कार्यालय लमजुङमा विस्तार गरी निर्माण भइरहेको छ । 

    गत वर्षाको बेला उदिपुरमा पहिरोले सडक अवरुद्ध भएपछि उक्त पहिरो रोकथामका लागि छुट्टै २१ करोड रकम विनियोजना भएको आयोजना प्रमुख अच्युत विलास पन्तले जानकारी दिए । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार