Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

यार्सागुम्बा खेतीको भ्रम र वास्तविकता

यार्सागुम्बा खेतीको भ्रम र वास्तविकता

सोमवार, बैशाख १९ २०७९
  • केही वर्ष अगाडिसम्मको अवस्था अब रहेन, च्याउ खेतीको पौष्टिकता र महत्वको बारेमा शायद अब कुनै भ्रम वांकी छैन । च्याउ तरकारीको रुपमा समेत एकातर्फ नियमितरुपमा नेपालीहरुको भान्छामा पाक्न थालेको छ भने अर्काे तर्फ यस्लाई औषधिय गुणले भरिपूर्ण ‘फुड सप्लिमेण्ट’को रुपमा समेत प्रयोग गरिन थालेको छ ।

    चिकित्सकहरुले समेत विभिन्न रोगका विरामीहरुले खानै पर्ने वस्तुको रुपमा च्याउलाई सिफारिस गर्न थालेका छन् । यसले गर्दा च्याउको उपभोग गर्ने प्रवृत्ति मात्रै बढेको छैन, च्याउप्रतिको आकर्षण बढाएकोले यसैलाई नै जीवन निर्वाहको मुख्य आधार बनाउनेहरु पनि निकै बढेका छन् । त्यो केवल च्याउ खेती गर्नेहरुका लागि मात्र नभएर समग्र कृषि उद्यमी र देशको अर्थतन्त्रका लागि नै सुखद कुरा हो ।

    च्याउ प्रतिको आकर्षणसंगसंगै जानेर वा नजानेर यसबारेमा भ्रम फैलने क्रम पनि बढेको छ । खासगरि विगतका वर्षहरुदेखि नै निकै चर्चित रहेको यार्सागुम्वा (कतिपयले यार्चागुम्बु पनि भन्छन्)को बारेमा विभिन्न खालका भ्रमहरु रहेको सन्दर्भमा यहां त्यसबारेमा केही कुराहरु स्पष्ट पर्ने प्रयत्न गरिएको छ ।

    च्याउकाे प्रजातिमा ज्यादै प्रख्यात एवं महत्वपूर्ण र दुर्लभ मानिने एक च्याउ मध्ये वैज्ञानिक नाम Cordyceps sinensis पुरा नाम Ophiocordyceps sinensis लाई नेपालीमा यार्सागुम्वा भनिन्छ । यसलाई अङ्ग्रेजीमा Caterpillar Mushroom पनि भनिन्छ ।

    वसन्तकुमार शर्मा 'नेपाल' द्वारा लेखिएको नेपाली शब्दसागर (साेपपत्तिक काेष) मा लेखिए अनुसार तिव्वती नाम यार्सागुम्बा अथवा यार्चागुम्बा अथवा यार्चागुम्बु टुप्पोतिरकाे भाग झारप्रकारकाे र जरातिरकाे भाग कीराप्रकारकाे देखिने हिमाली डुलन्ते झार । याैनबर्ध्दक बूटी । जीवनबूटी भनि ब्याख्या गरिएको र Wikipedia मा Ophiocordyceps (Cordycep) sinensis, is known in English colloquially as caterpillar fungus, or by its more prominent names yartsa gunbu, or dōng chóng xià cǎo or Yarsha-gumba or Yarcha-gumba, यार्सागुम्बा or Keeda Jadi, कीड़ा जड़ी. It is an entomopathogenic fungus in the family Ophiocordycipitaceae भनेर व्याख्या गरिएको छ ।

    यस प्रकार यार्सागुम्बाकाे सन्दर्भमा स्पष्ट व्याख्या विश्लेषण हुँदा हुँदै पनि हाल नेपालमा Synthetic Media मा Cordyceps militaris काे केही खेतीकाे Trial शुरु गरेका व्यक्तिहरुले हात्ती छाप चप्पल र हात्ती उस्ता उस्तै हाे भने झै Cordyceps militaris लाई यार्सागुम्बा भनेर सारा मानिसहरूलाई भ्रम सृजना गर्ने काेशिश गरिरहेका छन् र यसमा केही अल्पज्ञानी पत्रकारहरुले भ्रम फैलाउने काम गरिरहेका छन् । टेलिभिजन र अन्तर्वार्तामा देखाएको च्याउ यार्सागुम्वा हाेइन । Cordyceps militaris भनेकाे यार्सागुम्वा हाेइन । Cordyceps militaris लाई Cordyceps sinensis यार्सागुम्वा भनेर प्रस्तुति दिदा ठूलाे भ्रमकाे सृजना भयाे । यसमा सम्बन्धित व्यक्तिले तुरुन्तै सच्याउनु जरुरी छ र सम्बधित निकायले पनि तत्काल ध्यान दिनु जरुरी छ ।

    वास्तवमा Cordyceps militaris काे नेपालीमा नामाकरण नै भएकाे छैन । जसकाे कारण याे पनि यार्सागुम्बा नै हाे भनेर फाइदा उठाउनु राम्रो हाेइन । के चामल त चामल नै हाे भनेर मनसुरी चामललाई याे पनि बासमति चामल नै हाे भनेर बेच्ने? याे त उपभाेक्ता ठग्ने काइदा भएन र? याे सरासर अपराध हाे ।

    यार्सागुम्बा एक च्याउ हो । यसलाई अंग्रेजीमा Caterpillar Mushroom भनिन्छ । जसको वैज्ञानिक नाम Cordyceps Sinensis हो । यार्सागुम्बाको विश्व उत्पादनमा नेपाल दोस्रो स्थानमा पर्दछ । पहिलो चीन, तेस्रो र चौथौमा क्रमशः भुटान र भारत पर्दछ ।

    उच्च पहाडी भेगमा प्राकृतिक रुपमा यसको उत्पादन हुने गर्दछ । छोटोमा भन्नु पर्दा एक प्रजातिको झुसिलकिरालाई जव हिउँले ढाक्छ त्यसबेला एक प्रजातिको ढुसी हिउँले ढाकेको झुसिलकिरामा फैलिन्छ र ढुसी परिपक्व अवस्थामा पुगेपछि टुसा पलाउन थाल्छ । जसलाई हामी यार्सागुम्बाको रुपमा पाउछौ । वातावरिणय परिवर्तनसँगै हिउँ पग्लन थालेपछि यार्सागुम्बा देखिन थाल्छ र सकंलन गरिन्छ ।

    जब कि हाल नेपालमा गरिएको Cordyceps militaris काेठा भित्र शिशीमा Synthetic Media मा उत्पादन गरिएको च्याउ हाे । जुन उच्च हिमाली भेकमा प्राकृतिक रूपमा उत्पादन हुने यार्सागुम्बा सँग कसरी तुलना हुन सक्छ?

    बिश्वमा हालसम्म कुनै पनि देशमा यार्सागुम्वाकाे खेती गर्न सकेकाे छैन । भविष्यमा यसकाे पनि खेती नहाेला भन्न सकिन्न तर हाल नेपालमा फलाएकाे भनेर प्रचार गरिएकाे च्याउ यार्सागुम्वा हाेइन ।

    यथाशीघ्र Cordyceps militaris काे नेपाली नामाकरणकाे लागि सम्बन्धित सम्पूर्ण सरकारी निकाय, च्याउ विज्ञ लगायत सम्पूर्ण सराेकार पक्षमा सहयाेग, पहल गरिदिनकाे विनम्र अनुरोध गर्दछु ।
    धन्यवाद ।

    (लेखक मस नेपाल प्रा.ली. बलम्बु-काठमाडौंसँग सम्बन्धित छन् ।)

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार