Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

यस्ताे छ आजकाे तरकारी र फलफूलको मूल्य

यस्ताे छ आजकाे तरकारी र फलफूलको मूल्य

आर्थिक पत्र
बुधवार, कार्तिक ३० २०७९
  • काठमाडौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार कालो अंगुरको औसत मूल्य प्रतिकेजी ३९० रुपैयाँ रहेकाे जनाएकाे छ ।

     हरियो अंगुर २९० रुपैयाँ, अदुवा ५५ रुपैयाँ, नेपाली ठूलो गोलभेडा ५५ रुपैयाँ, अनार ३९० रुपैयाँ, अमला ५६ रुपैयाँ ६७ पैसा, एभोकाडो २२५ रुपैयाँ, रातो आलु ५६ रुपैयाँ, रातो भारतीय आलु ३५ रुपैयाँ, सेतो आलु ४१ रुपैयाँ २० पैसा, भिण्डी ८६ रुपैयाँ, स्थानीय काउली ३५ रुपैयाँ, कागती १३० रुपैयाँ, किवि २२५ रुपैयाँ, अकबरे खुर्सानी १७० रुपैयाँमा किनबेच भइरहेको समितिले जनाएकाे छ ।

    लोकल गाजरको औसत मूल्य प्रतिकेजी ११७ रुपैयाँ ५० पैसा, गान्टे मूला ८५ रुपैयाँ, गुन्दुक ३२५ रुपैयाँ, टनेल गोलभेडा ३५ रुपैयाँ, राजमा घिउ सिमी १२६ रुपैयाँ ६७ पैसा,  घिरौँला ६५ रुपैयाँ ६७ पैसा, चम्सूरको साग १७५ रुपैयाँ, कन्य च्याउ १४० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, तितो करेला ७५ रुपैयाँ, तोरीको साग ५५ रुपैया, निबुवा ४५ रुपैयाँ, परवर ३७ रुपैयाँ ५० पैसा, पालूगो साग १७५ रुपैयाँ, भारतीय सुकेको प्याज ५१ रुपैयाँ २० पैसा र हरियो धनिया ९० रुपैयाँ रहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार