Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

तरकारी तथा फलफूलकाे आजकाे मूल्य हेर्नुहाेस्

तरकारी तथा फलफूलकाे आजकाे मूल्य हेर्नुहाेस्

आर्थिक पत्र
सोमवार, मंसिर ५ २०७९
  • काठमाडौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार सोमबार ३ रुपैयाँ देखी ७० रुपैयाँले बढेको छ । कालो अंगुरको औसत मूल्य प्रतिकेजी ३९० रुपैयाँ, हरियो अंगुर ३ रुपैयाले बढेर २९३ रुपैयाँ ३३ पैसामा किनबेच भइरहेको छ ।

    अदुवा ५६ रुपैयाँ ६७ पैसा, नेपाली ठूलो गोलभेडा, लोकल काक्रो ५५ रुपैयाँ, अनार प्रतिकेजी ३९० रुपैयाँ रहेको छ ।

    अमला ५६ रुपैयाँ ६७ पैसा, आभोकाडो २२५ रुपैयाँ, रातो आलु गएको साता भन्दा ५ रुपैयाँ बढेर ६२ रुपैयाँ ५० पैसा कायम रहेका छ भने रातो भारतीय आलु ३ रुपैयाँले घटेर ३३ रुपैयाँ रहेको र सेतो आलु २ रुपैयाँले घटेको प्रतिकेजी ४७ रुपैयाँ ५० पैसा कायम छ । भिण्डी ३५ रुपैले बढेर ११० रुपैयाँमा किनबेच भइरहेको समितिले जनाएको छ ।

    यस्तै,  स्थानीय काउली १० रुपैयाँले घटेर ४५ रुपैयाँ, कागती १० रुपैयाँले बढेर १२० रुपैयाँमा किनबेच भइरहेको, २२५ रुपैयाँमा भइरहेको किवी ८ रुपैयाँले बढेर २३३ रुपैयाँ ३३ पैसा र अकबरे खुर्सानी १३ रुपैयाँले बढेर १६३ रुपैयाँ ३३ पैसामा किनबेच भइरहेको छ ।

    लोकल गाँजरको औसत मूल्य प्रतिकेजी १२६ रुपैयाँ ६७ पैसा, गान्टे मूला ८६ रुपैयाँ ६७ पैसा, गुन्द्रुक ३२५ रुपैयाँ, टनेल गोलभेडा घटेर ३१ रुपैयाँ, राजमा घिउ सिमी ९६ रुपैयाँ ६७ पैसा, घिरौला ६६ रुपैयाँ, चमसूरको साग ११७० रुपैयाँ, कन्य च्याउ ४० रुपैयाँले घटेर ९२ रुपैयाँमा किनबेच भैरहेको छ ।

    डल्ले च्याउकाे भाउ घटेको छ । डल्ले च्याउ ३५ रुपैयाँले घटेर ३२४ रुपैयाँ कायम रहेको, तितो करेला ६६ रुपैयाँ ६७ पैसा, तोरीको साग ५६ रुपैया ६७ पैसा, निबुवा ४६ रुपैयाँ ६७ पैसा, लोकल परवर ५६ रुपैयाँ ६७ पैसा, पालूगो साग १७० रुपैयाँ, भारतीय सुकेको प्याज ४१ रुपैयाँ ८० पैसा र हरियो धनिया ७० रुपैयाँले बढेर १८३ रुपैयाँ कायम रहेको छ । अन्य फलफूल तथा तरकारीमा सामान्य घटबढ भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार