काठमाडौं । नेपालको नम्बर १ टिभी ब्रान्ड एलजीले आफ्ना टेलिभिजन उत्पादनहरुमा आकर्षक क्यास ब्याक अफरको घोषणा गरेको छ । खेलकुदको मौसममा नेपाली दर्शकले चाहेको गुणस्तरीय टेलिभिजनको आवश्यकतालाई केन्द्रित गर्दै कम्पनीले एलजी टिभी हरेक खेलप्रेमीका लागि उपयुक्त विकल्प हुने विश्वास लिएको छ ।
यो क्यास ब्याक क्याम्पेन, स्टेडियम कम्स होम, एलजीको टिभीहरुका लागि मात्र हो । यसमा ओलेड, नानोसेल, युएचडी र स्मार्ट टिभीहरुका विभिन्न आकर्षक मोडलहरु समावेश छन् । ग्राहकहरुले यी टिभीहरु देशभरका कुनै पनि एलजी शोरुम र एलजीको अधिकृत विक्रेताहरुकोमा गएर खरिद गर्न सकिनेछ ।
”एलजी नेपालले आफ्ना ग्राहकहरुलाई सधैं विश्वस्तरीय प्रविधिको अनुभव प्रदान गर्ने प्रयास गर्दै आएको छ । यो अफर क्याम्पेन त्यही निरन्तर प्रक्रियाको एक हिस्सा हो जहाँ हामी हाम्रा ग्राहकहरुले यस मेगा स्पोर्टिङ इभेन्टको हरेक पलको आनन्द लिनुहोस् भन्ने चाहन्छौं,” ब्रान्ड म्यानेजर मुकेश बैठाले भने ।
३५% सम्म क्यास ब्याक बाहेक ग्राहकहरुले एलजी नानोसेल टिभीको साथ निःशुल्क एलजी साउन्ड बार, निःशुल्क एलजी सर्टिफाइड इन्स्टलेसन, एलजी लोयल्टी क्लब रिवार्ड प्रोग्राम, ०% आकर्षक ईएमआई अप्सन, निःशुल्क डेलिभरी र एक्सचेन्ज अफर पनि पाइनेछ ।
”नेपाली ग्राहकहरुले केही खरिद गर्दा उत्पादन भन्दा अरु पनि आशा राख्दछन् । उनीहरु र ब्रान्ड बीचको सम्बन्धको आशा गर्दछन् । ग्राहकहरु र ब्रान्डबीचको यो भावनात्मक सम्बन्धले हामीलाई यो क्यास ब्याक अफर ल्याउन मद्दत ग-यो जसले आफ्ना साथी र परिवारसँग फुटबल हेर्ने अनुभवका साथै धेरै सेवा र सुविधाहरु पनि प्रदान गर्दछ,” डिजिएम–मार्केटिङ र ब्रान्ड व्यवस्थापक गौरव हमाल भन्छन् ।

