Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

सामसङको विश्वकप लक्षित नयाँ अफर सार्वजनिक

सामसङको विश्वकप लक्षित नयाँ अफर सार्वजनिक

आर्थिक पत्र
आइतवार, मंसिर ११ २०७९
  • काठमाडौं । सामसङले विश्वकप लक्षित 'एक्सपेरियन्स द एक्साइटमेन्ट' अफर ल्याएको छ।

    यस अफर अन्तर्गत सामसङका टेलिभिजन खरिद गर्दा निःशुल्क इन्टलेसन र क्युएलइडी प्रिमियम युएचडी टिभीको खरिदमा निःशुल्क साउन्डबार सहित ३० प्रतिशतसम्म क्यासब्याक ग्यारेन्टी प्रदान गर्ने जनाइएको छ।

    सामसङको क्रिस्टल फोर के युएचडि टेलिभिजनहरुको फोर के एचडि डिस्प्ले लाइफ लाइक बिलियन ट्रु कलर्सुका लागि परिचित छ। कम्पनीको ७५ इन्च वा सो भन्दा माथिको क्रिस्टल फोर के युएचडि टेलिभिजन किन्दा छुटका साथै साउन्डबार सित्तैमा दिने कम्पनीले जनाएको छ।

    कम्पनीका अनुसार सामसङ टेलिभिजनको उत्कृष्ट पिक्चर क्वालिटी रहेको र यसले उत्कृष्ट दृश्य र विश्वस्तरीय साउण्ड अनुभव दिनेछ। 

    सामसङ टेलिभिजन किन्दा शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी तथा डिस्काउन्ट भौचरहरु पनि कम्पनीले उपलब्ध गराउने बताइएको छ।

    यसका साथै पुरानो टेलिभिजन सेटमा साट्ने सुविधा पनि कम्पनीले दिएको छ। हिम इलेक्ट्रोनिक्स अन्तर्गतका समसङ प्लाजाहरुले दिएको सुविधा अनुसार  आर्कस्टोर डट कम मार्फत यी टेलिभिजन सेटहरु साट्न सकिने पनि कम्पनीले जानकारी दिएको छ।

    सामसङका प्रिमियम स्तरका टिभी सेटहरू शतप्रतिशत क्वान्टम डट टेक्नोलोजीको कलर भोल्युममा उपलब्ध हुने बताइएको छ। 

    सामसङका टिभीमा एक वर्षको वारेन्टीका साथै प्यानलहरुमा पनि थप एक वर्षको वारेन्टी पाइने कम्पनीले जनाएको छ।

    यो अफर हिम इलेक्ट्रोनिक्स र त्रिवेणी व्यापारको डिलर नेटवर्क अन्तर्गत ३१ डिसेम्बरसम्म मात्र पाउन सकिने कम्पनीले बताएको छ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार