काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार आज बिहीबार रातो आलु प्रतिकेजी ५० रुपैयाँ, रातो भारतीय आलु ३६ रुपैयाँ ७५ पैसा, कालो अंगुर ३४६ रुपैयाँ ६७ पैसा, हरियो अंगुर २४६ रुपैयाँ ६७ पैसा, अनार ३३३ रुपैयाँ ३३ पैसा, अमला ६६ रुपैयाँ ६७ पैसा, अम्बा १७५ रुपैयाँ, आभोकाडो २७५ रुपैयाँ, इमली १४६ रुपैयाँ ६७ पैसा, स्थानीय काउली ३० रुपैयाँ, लोकल काक्रो ६५ रुपैयाँ, कागती ११५ रुपैयाँ, किवि २३३ रुपैयाँ ३३ पैसा, अकबरे खुर्सानी १९३ रुपैयाँ ३३ पैसा, गान्टे मूैला ५६ रुपैयाँ ६७ पैसा, नेपाली ठूलो गोलभेडा ५५ रुपैयाँ, टनेल गोलभेडा ३९ रुपैयाँ, राजमा घिउ सिमी १०६ रुपैयाँ ६७ पैसा, घिरौला ७६ रुपैयाँ ६७ पैसा, चमसूरको साग ११३ रुपैयाँ ३३ पैसा, कन्य च्याउ १६६ रुपैयाँ डल्ले च्याउ ४२५ रुपैयाँ, तितो करेला ७६ रुपैयाँ र तोरीको साग ४६ रुपैयाँ ६७ पैसा रहेको छ ।
यसैरी परवर प्रतिकेजी ५५ रुपैयाँ, पालूगो साग ११३ रुपैयाँ ३३ पैसा, सुकेको प्याज ३६ रुपैयाँ, भिण्डी ७५ रुपैयाँ, लोकल बन्दा ३८ रुपैयाँ, तने बोडी १०६ रुपैयाँ ६७ पैसा, ब्रोकाउली १०५ रुपैयाँ, मकै बोडी ५६ रुपैयाँ ६७ पैसा, मेथीको साग ११३ रुपैयाँ ३३ पैसा, रायोको साग ६५ रुपैयाँ, सुकेको लसुन १६५ रुपैयाँ र सलगम ५५ रुपैयाँ रहेको छ ।

