Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

पाँच निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने चेतावनी

पाँच निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने चेतावनी

बिहिवार, चैत्र १० २०७८
  • काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राख्ने चेतावनी दिएको छ ।

    चार सरकारी निकायले ती कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेपछि सार्वजनिक खरिद कार्यालयले ‘कालोसूचीमा राख्न नपर्ने आधार पेश गर्न’ भनेको हो । 

    यसअघि ३० दिने सूचना जारी गरिए पनि अटेरी गरेपछि पुनः सात दिने अल्टिमेटम दिइएको छ । कालोसूचीमा सिफारिस भएका कम्पनीमा अमन एण्ड इसा कन्स्ट्रक्सन प्रालि कैलाली, अभिषेक निर्माण सेवा दाङ, श्रेष्ठ निर्माण सेवा पाल्पा, बीटी निर्माण सेवा काठमाडौं र शिवराम कन्स्ट्रक्सन प्रालि दोलखा रहेका छन् ।

    सुर्खेतको चौकुने गाउँपालिकाले अमनलाई, सडक डिभिजन दाङले अभिषेक निर्माण सेवालाई र सडक पूर्वाधार विकास कार्यालय पाल्पाले श्रेष्ठ निर्माण सेवालाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयमा सिफारिस गरेका हुन् ।

    खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङले बीटी निर्माण सेवा र शिवराम कन्स्ट्रक्सन प्रालिलाई कालोसूचीमा राख्न सिफारिस गरेको छ । स्पष्टीकरण चित्तबुझ्दो नभए सार्वजनिक खरिद अनुगमन कार्यालयले सरकारी कामकारबाहीका सहभागी हुन नपाउनेगरी निश्चित समयका लागि कालोसूचीमा राख्नेछ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार