Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

आजको तरकारीे तथा फलफूलको मूल्य

आजको तरकारीे तथा फलफूलको मूल्य

आर्थिक पत्र
आइतवार, पौष ३ २०७९
  • काठमाडौं। आइतबारका लागि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको नयाँ मूल्य निर्धारण गरेको छ । 

    समितिले निर्धारण गरेको विवरणअनुसार आज कालो अंगुरको औसत मूल्य प्रतिकेजी २९० रुपैयाँ, हरियो अंगुर २१० रुपैयाँ रहेको छ ।

    यस्तै,अदुवा ५५ रुपैयाँ, नेपाली ठूलो गोलभेंडा ४५ रुपैयाँ, अनार २९० रुपैयाँ, अमला ६५ रुपैयाँ, अम्बा १३५ रुपैयाँ, एभोकाडो २७५ रुपैयाँ, नेपाली सुन्तला ११० रुपैयाँ, रातो आलु ५३ रुपैयाँ ३३ पैसा, सेतो आलु ४१ रुपैया, स्थानीय काउली २५ रुपैयाँ, कागती १०० रुपैयाँ, किवी १७५ रुपैयाँ, अकबरे खुर्सानी २९० रुपैयाँमा किनबेच भइरहेको छ । 

    त्यस्तै, लोकल गाजरको औसत मूल्य प्रतिकेजी ५५ रुपैयाँ, गुन्द्रुक ३२५ रुपैयाँ, टनेल गोलभेडा ३० रुपैयाँ, राजमा घिउ सिमी ९५ रुपैयाँ, घिरौला ८५ रुपैयाँ, चम्सुरको साग ८५ रुपैयाँ, कन्य च्याउ १५० रुपैयाँ, डल्ले च्याउ ३२६ रुपैयाँ ६७ पैसा, तितो करेला ७५ रुपैयाँ, लोकल परवर ६५ रुपैयाँ, भारतीय सुकेको प्याज ४५ रुपैयाँ र हरियो धनिया ५५ रुपैयाँ कायम रहेको समितिले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार