Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

भक्तपुरको भाटभटेनी नजिकै एस.एण्ड.एस. लेडिज कलेक्सन सञ्चालनमा

भक्तपुरको भाटभटेनी नजिकै एस.एण्ड.एस. लेडिज कलेक्सन सञ्चालनमा

आर्थिक पत्र
आइतवार, पौष ३ २०७९
  • भक्तपुर । भक्तपुरको मध्यपुर थिमि राधेराधेमा रहेको भाटभटेनीसँंगै आइतबारदेखि एस. एण्ड. एस. लेडिज कलेक्सन सञ्चालनमा आएको छ । मध्यपुर थिमि नगरपालिका राधेराधेको एनआइसी एसिया बैंकको विपरितको भवनको पहिलो तल्लामा कलेक्सन सञ्चालनमा ल्याइएको हो । विशेष गरेर महिलाहरूको पार्टी तथा क्याजुअल लुगाहरु विक्रीवितरणका लागि कलेक्सन सञ्चालनमा ल्याइएको जनाइएको छ ।

    सञ्चालक सलिना श्रेष्ठले महिलाहरुको सहजताका लागि महिलाका लागि चाहिने पार्टी वेयरदेखि लिएर क्याजुअल वेयरसम्मका सम्पूर्ण लुगाफाटा कलेक्सनमा उपलव्ध भएको बताइन् । उनका अनुसार कलेक्सनमा महिलाहरूका लागि चाहिने लुगाफाटाहरु साडी, लेंगा, टप, टिसर्ट, कुर्ता, सुरुवाल, पाइन्ट, कोटदेखि लिएर अण्डयवेयर सामानहरु व्लाउज, पेन्टीलगायतका सम्पूर्ण सामानहरु उपलव्ध छन् ।

    गुणस्तरीय सामान रिजनेवल प्राइसमा विक्रीवितरण गर्ने अनि पछिल्ला नयाँंनयाँं डिजाइनका पहिरनहरु तत्काल पाइनु नै आफनो कलेक्सनको विशेषता रहेको उनी सुनाउँंछिन् । ‘भारतमा आएका पछिल्ला महिलाका नयाँंनयाँं डिजाइनका लुगाफाटा हामी तत्काल नेपाल ल्याई विक्रीवितरण गर्छाै, उनले भनिन्, ‘कति महिला साथीहरु भारतीय टेलिभिजनमा आउने वितिकै आफूहरु पनि ती नयाँं डिजाइनका लुगाफाटाहरु लगाउन चाहन्छन् तर पाइरहेका हुँंदैनन्, जुन हामी ल्याएर सेवा दिन्छौं ।’ 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार