Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

यस्ताे छ तरकारी तथा फलफूलको मूल्य

यस्ताे छ तरकारी तथा फलफूलको मूल्य

आर्थिक पत्र
बुधवार, पौष ६ २०७९
  • काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले  बुधबारका लागि तरकारी र फलफूलको मूल्य निर्धारण गरेको छ । 

    समितिले निर्धारण गरेको विवरणअनुसार कालो अंगुरको औसत मूल्य प्रतिकेजी २९० रुपैयाँ, हरियो अंगुर २१० रुपैयाँ रहेको छ ।

    अदुवा ६५ रुपैयाँ, नेपाली ठूलो गोलभेंडा ३५ रुपैयाँ, अनार २७५ रुपैयाँ, अमला ५६ रुपैयाँ ६७ पैसा, अम्बा १४० रुपैयाँ, आभोकाडो २७५ रुपैयाँ, नेपाली सुन्तला ११० रुपैया, रातो आलु ४९ रुपैयाँ, सेतो आलु ४१ रुपैया, स्थानीय काउली ३५ रुपैयाँ, कागती १०० रुपैयाँ, किवी २२५ रुपैयाँ, अकबरे खुर्सानी ३१० रुपैयाँमा किनबेच भइरहेको छ । 

    लोकल गाजरको औसत मूल्य प्रतिकेजी ६५ रुपैयाँ, गुन्दुक ९० रुपैयाँ, टनेल गोलभेडा १८ रुपैयाँ ४० पैसा, राजमा घिउ सिमी ९६ रुपैयाँ ६७, चम्सुरको साग ६७ रुपैयाँ ६७ पैसा, कन्य च्याउ ९८ रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, तितो करेला ९६ रुपैयाँ ६७ पैसा, लोकल परवल ५६ रुपैयाँ ६७ पैसा, भारतीय सुकेको प्याज ४२ रुपैयाँ र हरियो धनियाँ ५६ रुपैयाँ ६७ पैसा कायम रहेको समितिले जनाएको छ ।
     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार