Logo

Nov 07 2026

Nov 07 2026 | २०८३ कार्तिक २२ गते

images

राइनासटार सिंचाइ आयोजना उपभोक्ताको माग सम्बोधन गर्न चम्पावती जलविद्युत आयोजनालाई आग्रह

राइनासटार सिंचाइ आयोजना उपभोक्ताको माग सम्बोधन गर्न चम्पावती जलविद्युत आयोजनालाई आग्रह

आर्थिक पत्र
शनिवार, पौष ९ २०७९
  • लमजुङ । लमजुङबाट निर्वाचित  प्रतिनिधिसभा, प्रदेशसभा तथा राष्ट्रिय सभाका सांसदहरूले लमजुङ राइनासटार सिंचाइ आयोजना उपभोक्ताको मागलाई सम्बोधन गर्न चम्पावती जलविद्युत आयोजनालाई आग्रह गरेका छन् ।  

    images

    संयुक्त विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभाका सांसदद्धय पृथ्वी सुब्बा गुरुङ, उर्मिला माझी, राष्ट्रिय सभा सदस्य दिपा गुरुङ, प्रदेशसभाका सांसद डा. टकराज गुरुङ, भेष वहादुर पौडेल, पार्वती तामाङ, टीका कुमारी बस्याल र यशोधा रिमालले उपभोक्ताको मागको सम्बोधन गर्न  आग्रह गरेका हुन् ।

    साथै, जनतालाई हतोत्साही नबनाउन र केही उपभोक्तालाई मुद्दा लगाइएको  हुँदा यस्ता कार्य नगर्न र शीघ्र वार्तामा बसी सहज वातावरण बनाउन चम्पावती हाइड्रोपावरसँग आग्रह गरिएकाे छ । ३५ वर्षदेखि सन्चालनम रहेको राइनासटार  सिंचाइ आयोजनाबाट राइनास नगरपालिका १ देखि ७ वडासम्मका तीन हजार पाँच सय घरपरिवारका १४ हजार नागरिक प्रत्यक्ष लाभान्वित हुँदै आएका छन् ।

    राइनासटार सिंचाइ आयोजनाबाट १४ हजार जनताको ८५० हेक्टर जमिन सिंचित हुँदै आएको छ । आयोजनाको मुहानभन्दा दुई सय मिटर तल पावरहाउस बनाउँदा आयोजना प्रत्यक्ष प्रभावित हुने भन्दै डिजाइन परिवर्तन गर्न विज्ञप्तिमा भनिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार