Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

बीजबजारमा ७४ प्रतिशत सम्मको छुट पाइने

बीजबजारमा ७४ प्रतिशत सम्मको छुट पाइने

आर्थिक पत्र
मंगलवार, पौष १९ २०७९
  • काठमाडौं । बीजबजारमा सेवाग्राहीहरूले  ७४ प्रतिशत सम्मको छुट पाउने भएका छन् ।

    ई–कमर्स प्लेटफर्म बिजबजारले पुस महिनाको २० गते सञ्चालन गर्ने ‘२० मा’ बिज अफरमा सेवाग्राहीहरूलाइ ७४ प्रतिशत सम्मको छुट  दिने भएको हो ।

    क्यामपियनका केही योजनाहरू पुष २२ गतेसम्म उपलब्ध हुने कम्पनीले बताएको छ । बिजबजारले पुस २० गते  फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरी विभिन्न मनोरञ्जनात्मक क्रियाकलापहरू सञ्चालन गर्ने जनाएको छ जहाँ भाग्यशाली सेवाग्राहीहरू तथा विजेताहरूले डिस्काउन्ट कुपन तथा मोबाइल टप अप जित्न सक्नेछन्।

    २० मा बिजका लागि कम्पनीद्वारा निर्धारित सेवा तथा सर्तहरू लागु हुने कुरा कम्पनीले जनाएको छ।

    साना तथा मझौला उद्योग व्यवसायहरूलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल माध्यमबाटै व्यवसायको अभिवृद्धि र सेवाग्राहीहरूको आवश्यकता पूर्ति गर्न यो क्यामपियन प्रभावकारी हुने विश्वास कम्पनीले लिएको छ।

    सेवाग्राहीहरूले गुगल प्ले स्टोर र एप स्टोरमा गएर तुरुन्तै र सजिलै ‘बिजबजारको अनलाइन सपिङ’ एप डाउनलोड गर्न सक्नेछन् भने ल्याप–टप वा डेस्क–टपबाट बिजबजारको अनलाइन सपिङ सेवा लिन चाहेमा सिधै टाइप गरेर पनि यो सेवा लिन सकिनेछ ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार