Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

आजको तरकारी तथा फलफूलकाे मूल्य

आजको तरकारी तथा फलफूलकाे मूल्य

आर्थिक पत्र
बुधवार, पौष २० २०७९
  • काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार हरियो तरकारी तथा फलफूलको मूल्य तोकेको छ । जसअनुसार रातो आलु प्रतिकेजी ४५ रुपैयाँ, नेपाली गोलभेँडा ठूलो ५० रुपैयाँ प्रतिकेजी रहेको छ । यो कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दिएको न्यूनतम मूल्य हो । 

    यस्तै कन्य च्याउ प्रतिकेजी १२० रुपैयाँ रहेको छ भने डल्ले च्याउ २८० रुपैयाँ रहेको छ । ब्रोकाउली ५० रुपैयाँ, काउली स्थानीय ३० रुपैयाँ, रातो बन्दा ७० रुपैयाँ, तोरी साग ४० रुपैयाँ, गान्टे मुला ५० रुपैयाँ रहेको छ ।

    तामा ९० रुपैयाँ प्रतिकेजीमा पाइन्छ । राजमा घिउ सिमी ११० रुपैयाँ, तिते करेला ९० रुपैयाँ, प्याज हरियो ७० रुपैयाँ, भिण्डी १०० रूपैयाँ, सेतो लोकल मुला १५ रुपैयाँ, लौका ५० रुपैयाँ,  घिरौला ९० रुपैयाँ, गुन्द्रुक २५० रुपैयाँ, नेपाली सुकेको लसुन १०० रुपैयाँ, हरियो धनियाँ ८० रुपैयाँ र कागती ९० रुपैयाँ प्रतिकेजी रहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार