Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

घरेलु तथा साना उद्योगलाई दिगो बनाउन जोड

घरेलु तथा साना उद्योगलाई दिगो बनाउन जोड

आर्थिक पत्र
बुधवार, पौष २० २०७९
  • पोखरा । घरेलु तथा साना उद्योग व्यवस्थित र दिगोरूपमा सञ्चालन गर्न आवश्यक भएको पोखरामा आयोजित एक कार्यक्रममा जोड दिइएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले घरेलु उद्योगलाई दिने अनुदान र उनीहरूलाई कसरी माथि उठाउने भन्नेबारेमा साना उद्योगीसँग मङ्गलबार गरेको अन्तरक्रियामा सहभागी वक्ताले उक्त कुरामा जोड दिएका हुन् ।

    गण्डकी प्रदेश सरकारका मुख्यसचिव रविराज पन्तले साना व्यवसायीले आफ्नो उत्पादनलाई दिगो राख्न सके प्रदेश तथा केन्द्र सरकारबाट सहयोग प्राप्त हुने बताए । गाउँका बाँझा जमिनलाई सदुपयोग गर्नुपर्नेमा जोड दिँदै उनले पछिल्लो समय कृषि क्षेत्रमा समेत विदेशी लगानी भित्रिएकाले ती बाँझा जमिनमा आधुनिक कृषि प्रणाली लागू गर्न जरुरी भएको बताए ।

    उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव तोयम रायले आन्तरिक उत्पादनलाई राज्यले संरक्षण गर्ने नीति ल्याएको बताए । सबै किसानका उत्पादनलाई सङ्कलन गरी एकै ठाउँमा राखेर बजारीकरण गर्न सरकारले काम सुरु गर्न लागेको उनको भनाइ छ ।

    प्रदेशस्थित अर्थ मन्त्रालयका सचिव विष्णुप्रसाद शर्माले प्रदेश सरकारले आम्दानीका स्रोतहरु वृद्धि गर्नका लागि यस क्षेत्रमा उत्पादन गर्न सकिने स्थान र स्थानीय पर्यटकीय तथा अन्य सम्भावनाका क्षेत्र पहिचान गर्न जरुरी भएको बताए

    नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष सञ्जीवबहादुर कोइरालाले व्यापार घाटालाई कसरी घटाउन सकिन्छ भन्ने विषयमा सरकारले सोच्न जरुरी भएको छ भने । कृषिमा अझै पनि आधुनिकीकरण हुन नसक्नु विडम्बना भएको बताउँदै उनले स्थानीय उत्पादनलाई प्राथमिकतामा राख्दै सरकार अगाडि वढ्नुपर्नेमा जोड दिए ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार