Logo

Nov 07 2026

Nov 07 2026 | २०८३ कार्तिक २२ गते

images

मर्मतपछि मनकामना केबलकार आजदेखि सञ्चालनमा

मर्मतपछि मनकामना केबलकार आजदेखि सञ्चालनमा

आर्थिक पत्र
शुक्रवार, पौष २२ २०७९
  • गोरखा । गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसम्म पुग्ने मनकामना केबलकार आजदेखि पुनः सञ्चालनमा आएको छ । विद्युत् आपूर्तिमा भएको समस्याका कारण प्यानल बोर्डमा क्षति पुगेर बन्द भएको केबलकार ११ दिनपछि नियमित सञ्चालनमा आएको हो ।

    images

    केबलकार निर्माता कम्पनी अष्ट्रियाको डोपलमेयर कम्पनीबाट प्राविधिकसहित सामान झिकाएर केबलकार मर्मत गरी सञ्चालनमा ल्याइएको सञ्चालक राजेशबाबु श्रेष्ठले जानकारी दिए ।

    गए राति मर्मतको काम सम्पन्न भएकाले आज बिहानैदेखि केबलकार सञ्चालनमा ल्याइएको उनले बताए । विद्युत् आपूर्तिमा भएको गडबडीले क्षति पुगेको केबलकारको प्यानल बोर्ड नै परिवर्तन गर्नुपरेको श्रेष्ठले बताए ।

    सामान जडान गरेर परीक्षण गरेपछि केबलकार नियमित सञ्चालनमा आएको स्टेसन म्यानेजर उज्ज्वल शेरचनले जानकारी दिए ।

    यही पुस ११ गते प्यानल बोर्डमा आगलागी भएलगत्तै पुस १२ गते मंगलबारदेखि मनकामना केवलकार पूर्ण रूपमा बन्द भएको थियो । बन्द भएको ११ दिनपछि केबलकार सञ्चालनमा आएपछि केबलकार चढेर मनकामना मन्दिर जाने भक्तजनको घुइँचो लागेको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार