Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

आजको तरकारी तथा फलफूलकाे मूल्य

आजको तरकारी तथा फलफूलकाे मूल्य

आर्थिक पत्र
आइतवार, पौष २४ २०७९
  • काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आइतबार रातो आलु ३५ रुपैयाँ प्रतिकेजी पर्दछ भने नेपाली गोलभेँडा ठूलो ४० रुपैयाँ प्रतिकेजी रहेको छ । यो समितिले ताेकेकाे न्यूनतम मूल्य हो । 

    यस्तै कन्य च्याउ प्रतिकेजी १५० रुपैयाँ रहेको छ भने डल्ले च्याउ ३०० रुपैयाँ रहेको छ । यता, ब्रोकाउली ५० रुपैयाँ, काउली स्थानीय ४० रुपैयाँ, रातो बन्दा ७० रुपैयाँ, तोरी साग ३० रुपैयाँ, गान्टे मुला ६० रुपैयाँ रहेको छ ।

    यस्तैगरी तामा ९० रुपैयाँ प्रतिकेजीमा पाइन्छ । राजमा घिउ सिमी र तिते करेला १०० रुपैयाँ, प्याज हरियो ४० रुपैयाँ, सुकेको प्याज ४४ भिण्डी ९० रूपैयाँ, लौका ५० रुपैयाँ,  गुन्द्रुक २५० रुपैयाँ, नेपाली सुकेको लसुन १०० रुपैयाँ, हरियो धनिया ७० रुपैयाँ र कागती १०० रुपैयाँ प्रतिकेजी रहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार