Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

बेकोका उत्पादनमा शत प्रतिशत पार्ट्स उपलब्धता र आफ्टर सेल्स सर्भिस ग्यारेन्टी

बेकोका उत्पादनमा शत प्रतिशत पार्ट्स उपलब्धता र आफ्टर सेल्स सर्भिस ग्यारेन्टी

आर्थिक पत्र
बुधवार, पौष २७ २०७९
  • काठमाडौं । चौधरी ग्रुपले गत बर्ष देखि नेपाली बजारमा बिक्री बितरण गर्दै आईरहेको यूरोपको ट्प होम अप्लायन्सस ब्रान्ड बेको का उत्पादनहरुको खरिद गरी आफ्ना ग्राहकहरुलाई धुक्क हुन आह्वान गरेको छ। चौधरी ग्रुपले चौधरी ग्रुपद्वारा बितरित बेकोका सम्पूर्ण उत्पादनहरुमा शत प्रतिशत पार्ट्स उपलब्धता र आफ्टर सेल्स सर्भिसको ग्यारेन्टी दिएको छ। कम्पनीले नेपाल अधिराज्यभरिका आफ्ना ४०ं वटा सर्भिस सेन्टरहरुबाट यो सेवा निरन्तर रुपमा दिईरहेको छ। बेकोका उत्पादनहरुमा १२ बर्ष सम्मको पार्ट्स वारेन्टी रहेको छ।           

    र हालै कम्पनीले यो जाडो मौसमलाई लक्षित गर्दै ‘वेलकम विन्टर’ नामक योजना पनि नेपाली बजारमा सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत ग्राहकहरुले बेको ब्राण्डका जाडो मौसममा प्रयोग हुने समानहरुको  खरिदमा आकर्षक उपहारहरु प्राप्त गर्न सकिने छ । जसअनुसार वाशिङ मेसिन र वाशर ड्राएरको खरिदमा ६ केजीको सर्फ एक्स्सेल म्याटिक वाशिङ पाउडर उपहार पाईन्छ भने डिशवासरको खरिदमा २ प्याकेट फोर्चुन डिशवासर ट्याब्लेट उपहार पाईन्छ। साथै एअर कन्डिसनर को खरिदमा रु ४,००० बराबरको फ्री इन्स्ट्लेसन पाईन्छ।           

    उक्त योजना मङ्सिर १५, २०७९ देखि सिमित अवधिका लागि लागू गरिएको छ । बेको ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपले सिजी ईलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ । सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ । कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौं भित्र टङगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, किर्तिपुर, रबिभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार, बसुन्धारा, जोरपाटी र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार