Logo

Nov 07 2026

Nov 07 2026 | २०८३ कार्तिक २२ गते

images

भन्सार छली ल्याएको ४१ थान मोबाइलसहित फर्पिङबाट दुई जना पक्राउ

भन्सार छली ल्याएको ४१ थान मोबाइलसहित फर्पिङबाट दुई जना पक्राउ

आर्थिक पत्र
शनिवार, पौष ३० २०७९
  • काठमाडौं। भन्सार छली लुकाई छिपाई ल्याएको ४१ थान मोबाइलसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । भारत घर भएका ३७ वर्षीय दिलीप पवारसहित दुई जनालाई दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट शुक्रबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    images

    इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज २८९९ नम्बरको टाटा सुमोलाई जाँच गर्ने क्रममा सुमोमा सवार उनीहरूलाई उक्त मोबाइलसहित पक्राउ गरेको हो । 

    मोबाइलको अन्दाजी मूल्य २ लाख ८७ हजार रहेको र यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार