Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

क्यान इन्फोटेकको २८ औं संस्करण माघ २४ गते सुरु हुने

क्यान इन्फोटेकको २८ औं संस्करण माघ २४ गते सुरु हुने

आर्थिक पत्र
मंगलवार, माघ ३ २०७९
  • काठमाडौं । क्यान इन्फोटेकको २८औं संस्करण माघ २४ गतेदेखि २९ गतेसम्म काठमाडौंमा हुने भएको छ। भृकुटीमण्डपमा हुने उक्त मेलामा सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा भएका विकास तथा नवप्रवर्तनको अधिकतम सहभागिता रहने क्यान महासंघले जनाएको छ। प्रर्दशनीमा क्यान महासंघका सदस्य संस्थाहरुका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धी कम्पनीहरुको सहभागिता रहने छ।

    प्रर्दशनीलाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँनयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्ने तथा अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरु र उपकरणको अवलोकन तथा खरिद गर्न पाउने क्यान महासंघले जनाएको छ। क्यान इन्फोटेकमा अवलोकनर्ताले देश विदेशका सफ्टवेयर, नेटवर्किङ तथा क्लाउड सोलुसन, मोबाइल फोन तथा सोलुसन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स र सेक्युरिटी सोलुसन पाउन सक्ने बताइएको छ।

    साथै ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, पावर सिस्टम, कम्प्युटर एसेसरिज, एन्टिभाइरस सफ्टवेयर, बैंकिङ सोलुसन, सीसीटिभी पनि प्रदर्शनीमा उपलब्ध हुने क्यान महासंघको भनाइ छ।

    यसैगरी आइओटी, ब्लक चेन, आर्टिफिसियल इन्टेलिजेन्स, वैकल्पिक ऊर्जा प्रविधिको जानकारी, आइटी कलेज, बैंक, बीमा तथा लेखा सम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर र सोलुसन, सेल्फ लर्निङ सफ्टवेयर तथा ट्युटोरियल आदि प्रदर्शनीमा रहने छन्।

    प्रदर्शनीमा राखिने नवीनतम् प्रविधि स्टार्टअप इन्नोभेसन तथा स्थानीय बजारको मागअनुसार विकास गरिएका प्रतिभा र आविष्कारले डिजिटल नेपाल निर्माणको अभियानलाई सहयोग पुग्ने विश्वास लिइएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार