Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

यस्तो छ आजको तरकारीको तथा फलफूलको मूल्य

यस्तो छ आजको तरकारीको तथा फलफूलको मूल्य

आर्थिक पत्र
बिहिवार, माघ ५ २०७९
  • काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिका अनुसार आज बुधबाररातो आलु ३४ रुपैयाँ प्रतिकेजी पर्दछ भने नेपाली गोलभेँडा ठूलो ५० रुपैयाँप्रतिकेजी रहेको छ । यो कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दिएको न्यूनतममूल्य हो । 

    यसैगरी सुन्तला १२० रूपैयाँ, कालो अंगुर र अनार ३०० रुपैयाँ प्रतिकेजी रहेको छ । साथै, हरियो अंगुर १८०, अम्बा १००, आभोकाडो ३००, किवि २५० प्रतिकेजी र केरा १२० रुपैयाँ दर्जन रहेको छ । 

    यस्तै कन्य च्याउ प्रतिकेजी ११०रुपैयाँरहेको छ भने डल्ले च्याउ३०० रुपैयाँ रहेको छ । 

    यता, ब्रोकाउली ७० रुपैयाँ, काउली स्थानिय ज्यापु ५० रुपैयाँ, रातो बन्दा ७० रुपैयाँ, रायोको साग ५०, तोरी साग ४०रुपैयाँ,रातो मुला ७० रुपैयाँ रहेको छ ।
    यस्तैगरी, तामा ९० रुपैयाँ,लोकल गाजर ४० रुपैयाँ, खु्र्सानी सुकेको ४४० रुपैया, हरियो खु्र्सानी ६० रुपैयाँ, भन्टा लाम्चो ६० रुपैयाँ, स्कूस ४० रुपैयाँ, अदुवा ७० रुपैयाँ प्रतिकेजीमा पाइन्छ । 

    यसैगरी, राजमा घिउ सिमी ८०,तिते करेला १२० रुपैयाँ, प्याज हरियो ८० रुपैयाँ, सुकेको प्याज ४२, भिण्डी १०० रूपैयाँ, लौका ५० रुपैयाँ, गुन्द्रुक २५० रुपैयाँ, नेपाली सुकेको लसुन८० रुपैयाँ, हरियो धनिया र कागती १२० रुपैयाँ प्रतिकेजी रहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार