Logo

Nov 07 2026

Nov 07 2026 | २०८३ कार्तिक २२ गते

images

बैकिङ्ग कसुर मुद्दाका फरार गुरुङ्ग पक्राउ

बैकिङ्ग कसुर मुद्दाका फरार गुरुङ्ग पक्राउ

आर्थिक पत्र
आइतवार, माघ ८ २०७९
  • काठमाडौं । बैकिङ्ग कसुर मुद्दाका फरार लोकमान गुरुङ्ग पक्राउ परेका छन् । ८ लाख २४ हजार हजार रुपैयाँ जरिवाना ठहर भएका गुरुङ्गलाई काठमाडौं उपत्यका अपरााध अनुसन्धान कार्यालयबाट खटिएका प्रहरीले पक्राउ गरेको हो ।

    images

    धादिङ्ग गंगाजमुना गाउँपालिका–६ घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. ३ बाँसबारी बस्ने २९ वर्षिय गुरुङ्गलाई उच्च अदालत पाटनले बैकिङ्ग कसुर मुद्दामा ८ लाख २४ हजार रुपैयाँ ठहर गरेको थियो । गत वैशाख ६ गतेको फैसलाले उनलाई ८ लाख रुपैयाँ जरिवानासहित ७ दिन कैद र ३२ हजार ९६० रुपैयाँ क्षतिपूर्ति शुल्क भराउने ठहर गरेको थियो ।

    काठमाडौं बानेश्वर थापागाउँबाट पक्राउ परेका गुरुङ्गलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं बबरमल पठाइएको स्रोतले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार