Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

बजारमा आउँदै छन् सामसुङका यी नयाँ फोन

बजारमा आउँदै छन् सामसुङका यी नयाँ फोन

आर्थिक पत्र
सोमवार, माघ १६ २०७९
  • काठमाडौं । अद्भुत स्पेक, सुन्दर डिजाइन, अद्भुत सुविधाहरू र अवधारणाहरूका साथ हरेक स्तरमा गुणस्तरीय फोन उपलब्ध गराउने सामसङको सम्पूर्ण सेगमेन्टहरुको फोन ल्याउने योजना छ। 

    यसका लागि सामसङले नेपाली बजारमा शीर्ष स्तरका फोनहरु सार्वजनिक गर्दै छ। 

    जसले सामसङका ब्रान्ड नेम बोकेका छन् र तिनीहरूले स्मार्टफोनको संसारमा नयाँ इनोभेसनका उत्कृष्ट कार्यहरूका रूपमा प्रतिनिधित्व गर्दछ।

    सामसङले केही समयको अन्तरालपछि यी फ्लागशिप समार्टफोनहरु फेरी नेपालमा ल्याएको छ।

    ‘सामसङका उत्कृष्ट स्मार्टफोनहरू समावेश भएको यो रोस्टरलाई बजारमा पुनः प्रस्तुत गर्न पाउँदा मलाई साँच्चिकै ठूलो सन्तुष्टि मिलेको छ,’ सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले भने।

    ग्यालेक्सी एस–२२ सिरिज, ग्यालेक्सी ए–७३ फाइभ जी, ग्यालेक्सी जेड फ्लिप–४ र ग्यालेक्सी जेड फोल्ड–४ सामसङको फ्ल्यागशिप लाइन–अपका सबै सेगमेन्टहरू नेपालमा केही समयका लागि रोकिएका थिए।

    तर अब यी सबै सेगमेन्टका समार्टफोनहरु फेरी नेपाली बजारमा फर्किएका छन्। 

    ग्यालेक्सी एस–२२ सिरिजमा ६.१ इन्चको डिस्प्ले र ग्यालेक्सी एस–२२ अल्ट्रामा ६.८ इन्चको डिस्प्ले दिइएको छ। 
    ग्यालेक्सी एस–२२ मा १२ मेगापिक्सेल (एमपी) अल्ट्रा–वाइड र १० एमपी टेलिफोटो क्यामरा छन्। त्यस्तै, रियरमा वाइड ५० एमपी क्यामरा छ। 

    ग्यालेक्सी एस–२२ अल्ट्रामा भने १०८ एमपी वाइड एंगल क्यामरा छ। रियरमा १० एमपी टेलिफोटो क्यामेरा दिइएको छ। 
    दुवैै फोनहरूमा क्यामेराको लागि नाइटोग्राफी मोड उपलब्ध छ। 

    ग्यालेक्सी ए–७३ ५जी, लोकप्रिय ए– सेगमेन्टको अग्रपंक्तिमा छ। यसको ६.७ इन्चको डिस्प्लेको साथ तपाईंले यसको ५००० एमएएच ब्याट्रीसँग लामो समयसम्म काम गर्न सक्नुहुन्छ। 

    यसैगरी सामसङको शीर्ष फोल्डेबल ग्यालेक्सी जेड फ्लिप ४ र ग्यालेक्सी जेड फोल्ड ४ फाइन ट्युनिङको पुनरावृत्ति हो। 
    यो फोल्ड गर्न मिल्ने स्मार्टफोन प्रविधिको नयाँ इनोभेसनको परिणाम हो। 

    जेड– सेगमेन्टका यी नयाँ प्रविधिहरुको साथ पूर्ण रुपमा डिजाइन गरिएका छन्। 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार